गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

बुधबार, २१ जेठ २०८२, १६ : १८

काठमाडौं- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । 

प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई बढी जोड दिएर आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । धेरै कार्यक्रम दोहोरिएका छन् भने केही नयाँ कार्यक्रम समेत समेटिएका छन् । 

आगामी वर्षको नीति तथा कार्यक्रममा सुशासनलाई प्राथमिकता दिइएको छ । यस्तै, युवा र विद्यार्थीहरूलाई प्रविधिमा दक्ष बनाउन डिजिटल गण्डकी प्रदेश कार्यक्रमबाट अघि सारिएको छ ।

गण्डकीले विद्युतीय चुल्हो र सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । 

बुधबार, २१ जेठ २०८२, १६ : १८

प्रतिक्रिया