माधव नेपालविरुद्धको मुद्दामा १८ करोड ५८ लाख रुपैयाँ बिगो माग दाबी

विहीबार, २२ जेठ २०८२, १४ : २७

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा लगेको भ्रष्टाचार मुद्दामा उक्त मागदाबी गरेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम बिगो १८ करोड ५८ लचाख ५० हजार कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुलउपर हुन र साथै सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिएको जनाएको छ ।

पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको अख्तियारले जनाएको छ । 

२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।

विशेषमा भ्रष्टाचार मुद्दा परेपछि उनको सांसद पद स्वतः निलम्बन भएको छ । अब मुद्दाको फैसला नआउञ्जेल उनी सांसदबाट निलम्बित भएका छन् ।

 

विहीबार, २२ जेठ २०८२, १४ : २७

प्रतिक्रिया