संसद अवरोधका विषयमा छलफल गर्दै प्रतिपक्षी दल

शुक्रबार, २३ जेठ २०८२, १४ : ३१

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रतिपक्षी दलको बैठक बसेको छ । 

बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

प्रतिपक्षी दलले ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठकमा सरकारको जवाफ माग  गर्दै संसद अवरुद्व गर्दैआएका छन् । 
 

शुक्रबार, २३ जेठ २०८२, १४ : ३१

प्रतिक्रिया