कोहलपुर नगरपालिकाद्वारा सरसफाई अभियानमा संलग्न चन्द्रकला सम्मानित

शनिबार, २४ जेठ २०८२, १२ : ५१

काठमाडौं- कोहलपुर नगरपालिकालाई सरसरफाईयुक्त पालिका बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एक सरसफाइकर्मीलाई सरसफाइ हिरो सम्मान प्रदान गरिएको छ । 

कोहलपुर नगरपालिका वडा नम्बर ८ की चन्द्रकला बि.क.लाई सो सम्मान प्रदान गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा कोहलपुर नगरपालिका, बास नेपाल, संवर्द्धन परियोजना लगायतको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा नगद रु ५ हजार सम्मान गरिएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, लुम्बिनी प्रदेशका पूर्व मन्त्री धर्मराज चौधरी, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले सरसफाइकर्मी बि.क.लाई नगद रकमको चेक सहित सम्मान पत्र प्रदान गरेका थिए । 

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सरसफाइ हिरो सम्मान घोषणा गरेका थिए । 

तीन वर्ष देखि ज्यालादारीमा कोहलपुर नगरपालिकामा कार्यरत बि.क.ले १५ वटै वडामा काम गर्दै आएकी छन् । २०७२ सालमा रोजगारीको सिलसिलामा भारतमा काममा जाँदा श्रीमान् दुर्घटनामा परि हात काट्नु परेकाले जीवन निर्वाह गर्न गाह्रो भएपछि वडा अध्यक्ष लाल बहादुर रानाको सिफारिसमा नगरपालिकामा काम गर्दै आएकी छिन् ।

शनिबार, २४ जेठ २०८२, १२ : ५१

प्रतिक्रिया