काठमाडौं- अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका थप ५० जना नेपालीलाई त्यहाँबाट डिपोर्ट गर्न लागिएको छ ।
चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाइएका उनीहरू आज दिउँसो ४ बजे नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाई गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि पनि ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो ।
योसँगै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या करिब एक सय पुगेको छ ।
प्रतिक्रिया