अर्थ मन्त्रालयद्वारा मन्त्रालयगत प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)

आइतबार, २५ जेठ २०८२, १६ : ०३

काठमाडौं- अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को यथार्थ र चालु आर्थिक वर्ष २०८१/८२ को चैत सम्मको मन्त्रालयगत प्रगति विवरण सार्वजनिक गरेको छ । 

मन्त्रालयले आज आइतबार आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेट, त्यसको यथार्थ खर्च तथा सोको प्रगति, साथै आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट र २०८१ चैत मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति समावेश गरी मन्त्रालयगत प्रगति विवरण, २०८२ सार्वजनिक गरेको हो । 

सम्बन्धित मन्त्रालयले उपलब्ध गराएका तथ्यांक, सूचना एवम् प्रगति विवरण, महालेखा नियन्त्रक कार्यालयको खर्च व्यवस्थापनसम्बन्धी सूचना प्रणालीमा आधारित तथ्यांकको आधारमा प्रस्तुत प्रगति विवरण तयार गरिएको मन्त्रालयले जनाएको छ ।

आइतबार, २५ जेठ २०८२, १६ : ०३

प्रतिक्रिया