अमेरिकाबाट थप ३७ जनालाई नेपाल फर्काइयो, डिपोर्ट हुने नेपालीको संख्या १६३ पुग्यो

आइतबार, २५ जेठ २०८२, २१ : ४७

काठमाडौं- अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका थप ३७ जना नेपालीलाई त्यहाँबाट नेपाल फर्काइएको छ। उनीहरू चार्टर्ड विमानमार्फत आइतबार त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन्।

अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिलालाई डिपोर्ट गरेर काठमाडौं ल्याइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय स्रोतले जनाएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाई गरेपछि अवैध रूपमा त्यहाँ बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । योसँगै पटक पटक गरी अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ ।

आइतबार, २५ जेठ २०८२, २१ : ४७

प्रतिक्रिया