काठमाडौं- विरगञ्जको बौहरवा भाटीमा ‘माइलेज च्याम्पियन २०२५’ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ । रिशव इम्पेक्सको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ७० जना प्रतिष्पर्धीले सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रम अवधिभर करिब ४०० भन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिष्पर्धामा सहभागीलाई एक लिटर पेट्रोल उपलब्ध गराई त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको छ ।
प्रतियोगितामा विजेता बनेका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए । यस्तै उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजित कुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भए ।
रिशव इम्पेक्सका प्रतिनिधिका अनुसार यस किसिमका कार्यक्रमले उपभोक्तामा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायबारे जनचेतना अभिवृद्धि गर्नुका साथै ग्राहकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँछन् ।
रिशव इम्पेक्सले सहभागी, दर्शक, आयोजक टोली तथा सहकार्यकर्ता सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिस्कृत तथा प्रभावकारी कार्यक्रमको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया