काठमाडौं– नेपालमा गणित शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले सुरु गरिएको इन्ट्रप्रेनरियल म्याथ (उद्यमशिल गणित) कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई गणित र उद्यमशीलतालाई एकसाथ जोड्ने अवसर प्रदान गरिरहेको छ। Embark UnMath Pvt. Ltd. द्वारा विकसित यो एक वर्षे कार्यक्रम हो, जसले विद्यार्थीलाई व्यापारिक योजना निर्माण, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा अध्ययन जस्ता क्षेत्रमा गणितको प्रयोग गराउन विशेष जोड दिन्छ।
सिद्धान्तसँगै व्यवहार
पारम्परिक कक्षाकोठाको चौकठबाट बाहिर निस्कँदै, यो कार्यक्रमले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव दिलाउने उद्देश्य राखेको छ। गणितलाई केवल अंकगणना वा समीकरणमा सीमित नराखी, जीवन उपयोगी अभ्यासमार्फत प्रयोगमा ल्याउने प्रयास यसमा गरिन्छ।
कार्यक्रमको संरचना ३० दिनमा सम्पन्न हुने यो कार्यक्रम ६ चरणमा विभाजित छ। सुरुमा विद्यार्थीलाई स्टार्टअप सोच (नयाँ उद्यमको अवधारणा), बजार बुझाइ, र प्रतिस्पर्धात्मक विश्लेषण सिकाइन्छ।
विद्यार्थीले आफ्ना व्यावसायिक विचारहरू स्थापित उद्यमीहरूसँग संवाद गर्दै परिष्कृत गर्छन्। त्यसपछि सामर्थ्य र व्यवहारिकता मूल्याङ्कन, टिम निर्माण, र व्यावसायिक मोडेल विकास जस्ता गतिविधिमा सहभागी हुन्छन्।
स्टार्टअप उत्सव २०२५
डिसेम्बर महिनामा आयोजना हुने "स्टार्टअप फेस्ट" मार्फत विद्यार्थीहरूले आफैंले विकास गरेका उत्पादन वा सेवा प्रस्तुत गर्ने (पिच गर्ने), बिक्री गर्ने र बजारको वास्तविक अनुभव लिने अवसर पाउनेछन्।
कार्यक्रमको अन्त्यमा सिकाइको समिक्षा, उपलब्धिको मूल्याङ्कन, र भविष्यको योजना निर्माण गरिन्छ। यस अवधिभर विद्यार्थीले वित्तीय योजना, लगानी विश्लेषण, समस्या समाधान, र बजार मूल्याङ्कन जस्ता महत्वपूर्ण सीपहरू सिक्नेछन्।
शिक्षामा रूपान्तरणको संकेत
प्रोटोटाइप विकास (नमुना उत्पादन), पूर्व-राजस्व योजना (प्रि–रेभेन्यु प्लान), र उद्योग विशेषज्ञहरूसँगको अन्तरक्रिया जस्ता अभ्यासले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र उद्यमशील दृष्टिकोणमा ठूलो योगदान दिन्छ। यो कार्यक्रम परीक्षामुखी शिक्षाबाट बाहिर निस्केर जीवनोपयोगी शिक्षातर्फको ठोस कदम हो। हालसम्म संस्कृति इन्टरनेशनल स्कूल, यूरो स्कूल हत्तिगौंडा, र आलोक विद्याश्रम जस्ता संस्थाले कार्यक्रम सञ्चालन गरिसकेका छन्। यसले नेपालमै नवीन, व्यवहारिक र सान्दर्भिक शिक्षाको सम्भावना देखाएको छ। विदेशी शिक्षाको महँगो विकल्पका सट्टा, यस्ता कार्यक्रमले देशमै अवसर पहिचान गर्ने प्रेरणा दिन सक्छन्।
सहभागिताका लागि इन्ट्रप्रेनरियल म्याथ कार्यक्रम आफ्नै विद्यालयमा सञ्चालन गर्न चाहने शिक्षालयहरूले ललितपुरस्थित Embark UnMath Pvt. Ltd., Embark College, पुलचोकमा सम्पर्क गर्न सक्ने जानकारी दिइएको छ ।
प्रतिक्रिया