संसदमा विपक्षी दलको अवरोध कायमै, आधा घण्टाका लागि स्थगित

सोमबार, २६ जेठ २०८२, १५ : ४२

काठमाडौं–  विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन् । 

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षीले संसद अवरुद्ध गर्दै आएका छन् ।

सोमबार, २६ जेठ २०८२, १५ : ४२

प्रतिक्रिया