काठमाडौं – काठमाडौंको टोखा नगरपालिकामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
मंगलबार दिउँसो ग्राण्डी अस्पतालनजिकै प्रहरीले गोली चलाउँदा दुई जना लागुऔषध कारोबारी घाइते भएका हुन्। अन्य सोही समूहका २ जनालाई पनि त्यहाँबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरू चारै जना भारतीय नागरिक हुन्।
लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले रड प्रहार गर्दा दुई प्रहरी पनि घाइते भएका छन्। घाइते भएका लागुऔषध कारोबारी र प्रहरीको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया