प्रतिनिधिसभामा विपक्षीको अवरोध आज पनि कायमै, बैठक भोलिसम्मका लागि स्थगित

बुधबार, २८ जेठ २०८२, १५ : ५५

काठमाडौं- भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् ।

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् । अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । 

गत जेठ १३ गतेदेखि प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।

बुधबार, २८ जेठ २०८२, १५ : ५५

प्रतिक्रिया