ट्रम्पद्वारा ‘गोल्ड कार्ड’ का लागि वेवसाइट सुरू, ५० लाख डलर तिरेर अमेरिकाको स्थायी बासिन्दा बन्न सकिने

विहीबार, २९ जेठ २०८२, १३ : २१

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिकामा स्थायी बासिन्दा बन्न इच्छुक विदेशीहरूका लागि नयाँ भिसा कार्यक्रमको रूपमा ‘गोल्ड कार्ड’ को वेबसाइट खोलेका छन्। 

उक्त ‘ट्रम्पकार्ड डट जीओभी’ वेबसाइटमा डोनाल्ड ट्रम्पको अनुहार, सुनौलो रंगको कार्डको छवि सहित राखिएको छ त्यहाँ आवेदकहरूले साइन अप गर्न सक्नेछन्। 

जसमा ५० लाख (५ मिलियन) डलर तिरेर यो कार्ड खरिद गर्ने विदेशी नागरिकहरु स्थायीरुपमै अमेरिकामा बसोबास गर्न पाउने छन् ।

ट्रम्पले यसलाई “संसारको सबैभन्दा महान देश र बजारसम्म पहुँच प्राप्त गर्ने सुन्दर बाटो” भनेर वर्णन गरेका छन् । हजारौंले फोन गरी दर्ता कसरी गर्ने भनेर सोधिरहेको पनि ट्रम्पले थपेका छन् ।

उक्त कदमले अमेरिकाको परम्परागत आप्रवासन प्रक्रियालाई बाइपास गर्ने देखिन्छ । ट्रम्पले “गोल्ड कार्ड” लाई ग्रीन कार्ड जस्तै भए पनि अझ उच्च स्तरको परिष्कृत सुविधा भएको भन्दै वर्णन गरेका थिए । उनले यसलाई धनी व्यक्तिहरुका लागि अमेरिकामा कानुनीरुपमा बसोबास गर्ने एकपटक मात्र पाइने सुनौलो अवसरका रुपमा पनि प्रस्तुत गरेका थिए । -एजेन्सी

विहीबार, २९ जेठ २०८२, १३ : २१

प्रतिक्रिया