काठमाडौं- जिउँदै मानिसलाई इँटाभट्टामा पोलेको अभियोगमा जेल सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीश खुसीराम थारूलाई कालो मोसो छ्यापिएको छ ।
आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न उच्च अदालत जनकपुरका न्यायाधीश थारूलाई धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले मोसो छ्यापिदिएका हुन् ।मोसो छ्याप्ने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो । जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको फैसला उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएका थिए ।
प्रतिक्रिया