हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, शेयर बिक्री प्रक्रिया सुरु

शुक्रबार, ३० जेठ २०८२, १० : १७

काठमाडौं– हिमालयन बैंकको स्वामित्वबाट पाकिस्तानी बैंक हबिब बाहिरिन लागेको छ । हबिबले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइदिन पत्राचार गरेसँगै हिमालयन बैंकले संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरेको छ । 

हबिब बैंकको स्वामित्व हिमालयन बैंकमा २ करोड ८० लाख १२ हजार ४४७ दशमलव ४५ कित्ता शेयर छ । उक्त शेयरलाई ११२.८० रुपैयाँमा न्यूनतम मूल्य कायम राखेर बिक्री गर्न प्रस्ताव गरेको छ । यस अनुसार हबिबले कम्तीमा ३ अर्ब १५ करोड ९८ लाख रुपैयाँमा बिक्री हुनेछ । 

बैंकले अहिले उक्त शेयर बैंकका संस्थापक शेयरधनीले किन्न पाउनेगरी खुला गरेको छ । राष्ट्र बैंकको निर्देशनले संस्थापक शेयरमध्येबाट खरिद नगरेको अवस्थामा मात्रै संस्थापक बाहिरबाट शेयर खरिद गर्नसक्ने व्यवस्था छ । यस अनुसार संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिइएको छ ।  

शुक्रबार, ३० जेठ २०८२, १० : १७

प्रतिक्रिया