काठमाडौ– संसद सुचारु गर्न सत्तारुढ र प्रतिपक्षी दलहरु सहमत भएका छन् ।
आज बसेको कांग्रेस, एमाले र माओवादीका नेताहरु बीचको बैठकले संंसद सुचारु गर्ने सहमति भएको हो । जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पार्दै आएका थिए ।
भिजिट भिसा प्रकरणको छानबिन गर्न माग गर्दै प्रतिपक्षी दलले अवरुद्ध पार्दै आएको प्रतिनिधिसभाको बैठक आजदेखि सुचारु गर्ने सहमति भएको हो ।
प्रतिक्रिया