सत्ता र विपक्षीको संसद खुलाउने सहमतिमा रास्वपा र राप्रपा असहमत

शुक्रबार, ३० जेठ २०८२, १६ : ३६

काठमाडौं- सत्तापक्ष र प्रतिपक्षबीच संसद अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । 

शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने नेताहरुको भनाई छ । यद्यपि, रास्वपा र राप्रपाले भने सहमतिमा हस्ताक्षर गरेको छैन । रास्वपा सांसद सुमना श्रेष्ठले पनि सुरुदेखिकै अडानमा कायम रहेको बताएकी छिन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा र राप्रपा त्यस विरुद्धमा उभिने बताइएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सदनमा विरोध जारी रहने  बताए । 

शुक्रबार, ३० जेठ २०८२, १६ : ३६

प्रतिक्रिया