काठमाडौं- इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टानियो गुटेरेससँग फोन वार्तामा द्वन्द्व उक्साएकोमा इजरायली सेनाविरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।
फोन वार्तामा अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारमाथि प्रहार गरेको उल्लेख गरेका छन् । यसलाई उनले आफ्नो देश विरुद्धको स्पष्ट आक्रमणको रूपमा वर्णन गदै राष्ट्रसंघको बडापत्रको धारा–५१ अनुसार आफ्नो रक्षा गर्ने तेहरानको संकल्पलाई पुष्टि गरेका छन् ।
उनले राष्ट्रसंघीय सुरक्षा परिषद् तथा समग्र संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिँदै आक्रमणको कडा निन्दा गरेका छन् । इरानमा भएको आक्रमणका लागि इजरायललाई जवाफदेही बनाउन तत्काल ठोस कदम चाल्नुपर्ने समेत उनले बताएका छन् ।
.
तेहरान र वासिङ्टनबिच वार्ता चलिरहेको समयमा इरानी आणविक सुविधाहरूलाई लक्षित गरी गरिएको आक्रमणको राष्ट्रसंघीय महामसचिव गुटेरेसले निन्दा गरेका छन् । उनले तनावको वृद्धि रोकी यस क्षेत्रमा शान्ति र स्थिरता पुनस्थापना गर्न संयुक्त राष्ट्रसंघको पूर्ण क्षमता प्रयोग गर्ने बताएका छन् । -एजेन्सी
प्रतिक्रिया