काठमाडौं- पर्साको वीरगञ्ज महानगरपालिकाले बढ्दो गर्मीलाई मध्यनजर गर्दै ६ दिनका लागि विद्यालयमा बिदा दिएको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले असार १ देखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको सूचना जारी गरेका हुन् ।
विगत केही दिनदेखि बढ्दै गएको गर्मीको कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने देखिएकोले विद्यालयमा ६ दिन पठनपाठन स्थगित गरिएको सूचनामा उल्लेख छ । अहिले दिएको बिदा वर्षे सट्टे बिदाबाट मिलान गरिने महाशाखाले जनाएको छ ।
बिदाको समयमा समेत विद्यालय प्रशासन सूचारु गर्न÷गराउन अनुरोध गरिएको छ ।
गर्मी अत्यधिक बढेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । यसअघि नै मधेशका कैयौं पालिकाले विद्यालय बन्द गरिसकेका छन् ।
प्रतिक्रिया