संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध कायमै

आइतबार, ०१ असार २०८२, १२ : ५९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) सदन सुचारु गर्न तयार भए पनि संसद बैठकमा राप्रपा र रास्वपाले अवरोध जारी राखेका छन् ।

सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गरे पनि कुनै परिणाम निस्किएन । 

आइतबार संसद बैठक सभामुख घिमिरेले सुरु गरे लगत्तै प्रतिपक्षी दल राप्रपा र रास्वपालै नाराबाजी गर्दै अवरोध गरिरहेका छन् ।

आइतबार, ०१ असार २०८२, १२ : ५९

प्रतिक्रिया