काठमाडौं– करिब १८दिनसम्म अवरुद्ध भएको संसद खोलन माओवादी लचिलो भए पनि अन्य दलले अवरोध जारी राखेका छन् । शुक्रबार माओवादी संसद खोल्न सहमत भएर एमालेसँग दुईबुँदे सहमति गरेको छ । तर, त्यसलाई अमान्य भन्दै राप्रपा र रास्वपाले सदनको अवरोध जारी राखेका छन् ।
आइतबार रास्वपाले सदनमा नाराबाजी गर्दैगर्दा राप्रपा पनि उठेर विरोध जनाएको थियो । केही समय पछि राप्रपाका संसद्हरु भने बैठक नै बहिष्कार गरेर बाहिर निस्किएका छन् । नियमाली अनुसार संसद् नचलेकाले बहिष्कार गरिएको बताउँदै प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका सांसदहरु बैठक कक्ष छाडेर निस्किएका हुन् ।
प्रतिक्रिया