काठमाडौं- रिलायबल नेपाल लाइफले आफ्नो आठौं वार्षिक साधारणसभा आज असार २ गते बस्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले जेठ २६ गते बुक क्लोज गरेको थियो । यसर्थ जेठ २६ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया