सदन पूर्णतया सुचारु गराउन सभामुख सक्रिय, भेटे विपक्षी दलका नेताहरु

सोमबार, ०२ असार २०८२, ११ : ५५

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । 

सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरिरहेका हुन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । गत जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरुले गर्दै आएको सदन अवरोधबाट माओवादी पछि हटे पनि राप्रपा र रास्वपाले निरन्तर अवरोध गरिरहेका छन् ।

सोमबार, ०२ असार २०८२, ११ : ५५

प्रतिक्रिया