‘अलविदा’ लेखेर सम्पर्कबिहीन भएका चिकित्सक भेटिए

सोमबार, ०२ असार २०८२, १४ : २३

काठमाडौं– प्रहरीले सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्कबिहीन भएका चिकित्सक डा केशव श्रेष्ठलाई भेटाएको छ । रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा श्रेष्ठले करिब २ घण्टाअघि सामाजिक सञ्जाल फेसबुकमा सबैजनालाई अलबिदा लेखेर सम्पर्कबिहीन भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा। श्रेष्ठलाई तार्केश्वर नगरपालिका– ३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा  भेटिएको परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

बालाजुको वुटिक रिसोर्टमा भेटिएका डा श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउन लागिएको छ ।

सोमबार, ०२ असार २०८२, १४ : २३

प्रतिक्रिया