प्रतिनिधिसभा बैठक बस्दै, रास्वपा र राप्रपाको अवरोध कायमै रहने

मंगलबार, ०३ असार २०८२, ०७ : ५२

काठमाडौं– आज दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि संघीय निजामती विधेयक पारित हुन लागेको हो । 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ । 

जेठ १३ गते अवरुद्ध हुँदै आएको संसद खोल्न प्रमुख प्रतिपक्षी माओवादी तयार भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद बैठक अवरोध गर्दै आएका छन् ।  राप्रपाले संसद् बैठक बहिष्कार गरेको छ भने  ले नाराबाजीलाई निरन्तरता दिएको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको राप्रपा र रास्वपाले सोमबार पनि संसद् बैठकमा नाराबाजी र बहिष्कार गरेको हुन् ।

मंगलबार, ०३ असार २०८२, ०७ : ५२

प्रतिक्रिया