काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन लगाएर संसद् भवनमा पुगेका छन् ।
उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभामा विरोध गरिरहेको रास्वपाले आज नीलो रिबन लगाएर विरोध गर्ने कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए ।
यसअघि उनीहरूले संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए ।
प्रतिक्रिया