राष्ट्रिय जीवन बीमा कम्पनीले तीनदिने अभिकर्ता तालिम सञ्चालन गर्ने

बुधबार, ०४ असार २०८२, १३ : १६

काठमाडौं- राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले तीन दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । तालिम यही असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले असार १८ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुकले कम्पनीको नजिकको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा सम्पर्क गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। तालिम शुल्क ५०० रुपैयाँ तोकिएको छ।

तालिममा सहभागी हुनका लागि ईच्छुकले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि, पासपोर्ट साइजको २ प्रति फोटो, प्यान कार्डको प्रतिलिपि पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । 

बुधबार, ०४ असार २०८२, १३ : १६

प्रतिक्रिया