काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशमा रहेका अभिकर्ताहरुका लागि कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
झापाको बिर्तामोडमा सम्पन्न कार्यक्रममा भारतीय प्रशिक्षक साइद अफजल अहमदले सहजीकरण गरेका थिए । उनले आर्थिक सुरक्षाका लागि बीमा बाहेक अर्को विकल्प नभएको बताए । मृत्युपछि मात्र बीमा आवश्यक छ भन्ने भाष्य निर्माण गरिएको भन्दै उनले आपत्ति जनाए ।
प्रशिक्षक अहमदले मानिस जिवित छँदै पूर्ण अंगभंग भएको अवस्थामा, प्राण घातक रोग लागेको अवस्थामा, घाउचोट लागेर अस्पताल भर्ना भएको अवस्थामा र ऋण रकम चाहिएको बेलामा नगदको बढी आवश्यक हुने र त्यो सुरक्षा बीमाबाट मात्र प्राप्त हुने भन्दै समाजमा बीमा शिक्षा र जागरणको खाँचो रहेको उनको भनाई छ ।
कार्यक्रममा विभिन्न उपलब्धि हासिल गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।
कम्पनीले समय समयमा अभिकर्तालाई उत्प्रेरणा दिने उद्धेश्यले विभिन्न स्कीम निकाल्ने गरेको र सोहि स्कीम अन्तर्गत उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरिएको दमक शाखा प्रमुख चन्द्रकला घिमिरेले बताइन् ।
कोशी प्रदेशका प्रमुख रामबहादुर शाहीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा १२० जना अभिकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया