काठमाडौं - दुई एसियाली मुलुक इजरायल र इरानबीचको द्वन्द्वले यस क्षेत्रमा चिन्ता बढाएको छ । यी दुई मुलुकको हवाई युद्ध छैटौं दिनमा प्रवेश गर्दा बुधबार तेलको मूल्य वृद्धि भएको छ । जसले गर्दा आपूर्तिमा प्रणालीमा ठूलो अवरोध आउने त्रास बढेको छ ।
जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ । अगस्टको डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आइसीई फ्युचर्स एक्सचेन्जमा २५ सेन्ट अर्थात् ०.३३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.७० डलर पुगेको छ ।
क्षेत्रीय तनावको ठूलो वृद्धिमा, इजरायलले जुन १३ मा इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै ठूलो मात्रामा हवाई आक्रमण सुरु गर्यो । त्यस दिन पछि इरानले प्रतिशोधात्मक हमलाको जवाफ दियो र दुई पक्षबीच गोली हानाहान अझै जारी छ । इरानका सर्वोच्च नेताले आफ्नो देशले आत्मसमर्पण नगर्ने बताएका छन्।
अमेरिकाले इजरायललाई आड द्यिएको कारण उसले इरानमाथि आक्रमण गरेको चर्चा चलिरहेकोबेला इरानले उक्त आक्रणको कडा प्रतिवाद गरिरहेको छ । यसैबीच ट्रम्पका पछिल्ला टिप्पणीको प्रतिक्रिया दिँदै न्यूयोर्कस्थित इरानको राष्ट्रसङ्घीय नियोगले ‘कुनै इरानी अधिकारीले ह्वाइट हाउसको ढोकामा नगिड्गिडाउने’ जनाएको छ।
सामाजिक सञ्जाल एक्समा राखिएको टिप्पणीमा भनिएको छस् ‘उनको झुटभन्दा बढ्ता घृणित काम उनले ‘इरानका सर्वोच्च नेता’को हत्याबारे दिएका धम्की हुन्।’
ट्रम्पले इरानका सर्वोच्च नेता कहाँ छन् भनेर अमेरिकालाई थाहा भएको र ुतत्कालुका लागि उनलाई हानि पुर्याउन आफूले नचाहेको टिप्पणी गरेका थिए।
इरानी नियोगको पोस्टमा इरानले दबावमा कुनै सम्झौता नगर्ने भन्दै कुनै पनि खतराको जबाफ दिने उल्लेख छ।
प्रतिक्रिया