काठमाडौं– राप्रपा र रास्वपाको विरोधका बिच प्रनिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ । आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका छन् ।
सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।
रास्वपाको विरोधकैबिच सभामुखले सभा अघि बढाउने प्रयास गरेका छन् । उनले खर्च कटौतीको प्रस्तावमाथि छलफलका लागि सांसद अमरेश सिंहलाई बोल्न समय दिएका छन् । सभामुखले सिंहलाई समय दिए लगत्तै रास्वपाका सांसदहरू बेल घेर्न पुगेका छन् भने राप्रपाका सांसदहरुले सदन बहिष्कार गर्दै बाहिरिएका छन् ।
तर सभामुख घिमिरेले सिंहलाई समय दिएपछि सांसद रामहरि घिमिरेले विनियोजन विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएको मन्त्री उपस्थित भएपछि मात्र छलफल अघि बढाउन माग गरे ।
प्रतिक्रिया