सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

आइतबार, २३ बैशाख २०७५, ११ : ३८

शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन तोलामा २०० रुपैयाँले बढेर ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँ थियो । तेजावी सुन ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबार ७ सय ५५ रुपैयाँ थियो ।

आइतबार, २३ बैशाख २०७५, ११ : ३८

प्रतिक्रिया