साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर

आइतबार, १५ असार २०७६, १२ : ३६

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । 

यस्तै चाँदी आइतबार तोलामा रु ७३० मा कारोबार भइरहेको छ । साताको अन्तिम दिन पनि सुनचाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

आइतबार, १५ असार २०७६, १२ : ३६

प्रतिक्रिया