आम निर्वाचन : लोकतन्त्रको आत्मा

सोमबार, ०४ फागुन २०८२, १३ : २८

पृष्ठभूमिः

आज मेरो डायरीको पन्नाबाट अर्कोे रचनाको उदय भएको छ । जसमा हिजोआजकोे निर्वाचनको वातावरणले नेपाली बजार तातेको छ । नेपालमा २०८२ साल फाल्गुन २१ गतेको निर्वाचनलाई स्थानीय जनताले विशेष रुपले लिएको छ । सधैं भइरहेको निवार्चनभन्दा यो निर्वाचन विशेष प्रकारको हुनेछ । यस निर्वाचनले ल्याउने नतिजा पनि विशेष प्रकारको हुनेछ । यो निर्वाचनकोे घोषणा बिषेश प्रकारले भएकोले परिणाम पनि बिशेष आउने मुख्य लक्ष्य राखेकोछ । यस निर्वाचनको नतिजा जेनजीहरुले चाहेको जस्तो आउन सक्नेछ । २०८२ साल भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले कसैले नसोचेको परिणाम ल्याई दिएको थियो । 

यस्तो प्रकारको घटना घटलाभन्ने कल्पना कसैले पनि गरेको थिएन् । राजनीति दलहरु आफनो बहुमतको दम्भमा मस्त थिए । हामीहरु लाई कसैले हलाउन सक्दै भनि बसेका थिए र जसले गर्दा साधारण रुपमा संचालन भइरहेकोे सरकारलाई एकै छिनमा आउट गरि विधटन गरादिएको थियो । केही राजनीतिक दलहरुका ठूलाबढा नेताहरुको भागाभाग भएको थियो । देशको प्रधानमन्त्री राजिनामा दिई हेलिकप्टरमा भाग्नु परेको अवस्था आएको थियो । जसले गर्दा सरकारको गठन सडकबाट नै हुने परिस्थिति आएको थियो । नेपाली इतिहासमा यस्तो घटना पनि हुन्छ भन्ने महसुस गराई दिएको थियो । कसैले पनि नसोचेको घटना देशमा घटेको थियो । 

तत्काल गठन भएको सरकारले ६ महिनाका म्याण्डेट पाएको थियो । सो सरकारले ६ महिनाभित्र जनताको प्रतिनिधि निर्वाचित गराई नयाँ सरकारलाई आफनो जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता थियो । लोकतन्त्रमा निवार्चनको महत्व सबभन्दा महत्वपूर्ण हुन्छ भन्नेबारे जानकारी  लिनु सबैमा अति आवश्यक छ । सबै राजनीतिक दलहरुले निवार्चन सम्बन्धी राम्रो जानकारी राख्नु राम्रो कुरा हो । यस निवार्चनको लक्ष्यमा कुशल सुशासनको स्थापना, विकासको क्रान्ती, बेराजगारीको अन्त्य, समृद्धि ल्याउने, आधुनिक कृषिको थालनि, नयाँ प्राविधिको शिक्षा, महिला सशक्तिकरण र युवाहरुको सिपको विकास गर्ने जस्ता बिषयहरुमा बिशेषध्यान आर्कषण गरेकोछ । 

त्यसैले होला सबै राजनीतिक दलहरुले आआफनो पार्टीमा २५ देखि ५० बर्ष उमेरमुनिका युवाहरुलाई सक्रिय सहभागि गराएको छ । आफुलाई परिवर्तन गर्ने बाँचा समेत दिएकाछन् । यसकासाथ ५७ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराएको छ । अबको सरकारमा नयाँ विचार र नयाँ सोच राख्ने देशका अनुभवि, दक्ष र बिषय विज्ञहरुको टीममा बढी सहभागि गराउने बिचारमा लागेका छन् । साथै सो अनुसार योजनाको अवधारणाले योजना तर्जुमा गरीने विश्वास राखेकाछन् । यदि पुरानै हिसाबले फेरी सरकार गठनभई संचालनमा आयोभने फेरी उही २०८२ सालको भाद्र २३ र २४ गतेको घटना पूनः दोहरिने सम्भावना देखिन्छ । त्यसैले सबै राजनीति दलहरु समयमा नै सचेत हुन अत्यावश्यक छ ।  

आम निर्वाचनः
 
आम निर्वाचन भनेको लोकतन्त्रको आत्मा हो । निर्वाचन मार्फत जनताले आफना प्रतिनिधि चयन गरी पठाउने व्यवस्था हो । शासन प्रक्रियामा जनताका प्रतिनिधि प्रत्येक्षरुपले सहभागि भएको देख्दछन् । बुझनुपर्ने कुरा त के छ भने निर्वाचन केबल मत हाल्ने प्रक्रिया होइन् निर्वाचन भनेको जनताको प्रतिनिधि चयन गर्ने प्रक्रिया हो । यो समावेशी, न्यायोचित र ससमान अवसरमा सबैको लागि बराबर हो । यसले सबै जातजाति, लिङ्ग्, भाषा, क्षेत्र, अपाङ्गता, आर्थिक कमजोर अवस्थाका भएका मानव वा सामाजिक पहिचानबाट पिछडिएका मानव समेत आउन सक्छन् । सबैलाई बराबर अवसर दिनुपर्ने हुन्छ । 

यस प्रक्रियामा कुनै पनि समूह निर्वाचनबाट बचित, उपेक्षित र बहिष्कृत हुनु पाउदैन् । त्यसैले पनि आजको विश्वमा निर्वाचन समावेशी निर्वाचनको रुपमा विकास गरेको छ । साथै आजको पछिल्लो पुस्ताको विकास तथा उन्नत यही लोकतन्त्रमा छ । संविधानको धारा ८४ अनुसार प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकको समावेशी सिद्धान्त अनुसार चलको छ । सबै राजनीतिक दलहरुले आआफ्नो समानुपातिक बन्दसूची तयार गरी दिएको समय अनुसार बुझाएको थियो । जसमा १) आदिवासी जनजातिमा ३२जना, २) खसआर्यमा ३३जना, ३) थारुमा ७ जना, ४) दलितमा १५जना, ५) मधेशीमा १८जना, र ६) मुस्लिममा ५जना गरी जम्मा ११० जनाको प्रतिनिधित्व हुनेगरी समावेशी समुह बनाएको थियो । सो नियम अनुसार ५७ प्तिशत महिलाको प्रतिनिधित्व कायम गरी, ३ जना समेत पिछडियका क्षेत्रबाट र १ जना अपांगबाट पनि प्रतिनिधित्व गरेको छ । 

यसैगरी, राष्ट्रियसभामा पनि सोही अनुसार प्रतिनिधित्व हुनेगरी सुनिश्चित गरेको छ । लोकतन्त्रको सुदृढीकरणका लागि समावेशी निर्वाचन बनाएको छ । भविष्यको आधारपनि त्यसै प्रकारले कायम गरेको छ । संविधानको सिद्धान्त अनुसार समावेशी नियम लाई सबैले स्वीकारेको छ । निर्वाचन आयोगले निर्वाचनको विधानको नयाँ ढाँचा विकास गरेको छ । पुरानो विधानले समावेशीता अधुरो रहने भएकोले नयाँ विधानको ढाँचा विकास गरेको छ । सबभन्दा राम्रो त निर्वाचन आयोगले समानुपातिक सदस्यका लागि ११० जना कायम हुने गरी सोफ्टवयर बनाएको छ । निर्वाचन आयोगले बनाएको सोफ्वयरका लाई सबै राजनीतिक दलहरुले प्रसंशा गरेको छ । जबतक सबै अनुपातको डाटा एक आफसमा मिल्दैन तबसम्म बन्दसूची तयार हुदैन थियो । सबै राजनीतिक दलहरुलाई मिलाउन ठूलो हम्मेहम्मे परेको थियो । यस्ता सोफ्वयर सबै कामको तयार गरेमा विकास हुनेमा दुइमत छैन् । 

निर्वाचनको महत्वः

निर्वाचनले राननीतिक दलहरुलाई जनताप्रति जवाफदेही बनाएको छ । स्थानीय विवादहरु सहज रुपले समाधान गर्ने आधार बनेको छ । निर्वाचन भएमा लोकतन्त्रको रक्षा हुनेछ । महिला, पछाडि पारिएका समुदाय, अल्पसंख्यक, लोपोमुलुक जातिहरुले पनि नीति निर्माणमा सहज हुनेछ । मूलतः जनताको हक एवं मानवअधिकारको संरक्षण, सम्बद्र्धन गर्न, व्यक्तिको राजनीतिक छनौटकोअधिकार सुनिश्चितगर्न, लोकतन्त्रको संस्थागत विकासगर्न, जनताप्रति उत्तरदायीहुन र जवाफदेहीहुन सरकारलाई बाध्यता गराएको छ । 

संसदमा मतदाताहरुको विचारधारा प्रतिबिम्बितगर्न बहुसंख्यक मतदाताको ईच्छा अनुसारको सरकार गठनगर्न जनताको पक्षमा काम नगर्ने पक्ष्यलाई फिर्ता बोलाउने व्यवस्था हुनेछ । जनप्रतिनिधिको व्यवस्थाले सरकारबाट पाउने सेवासुविधामा सहज भएकोछ । स्थानीय जनताले निर्वाचनमा भोट दिंदा ईमानदार, नैतिकवान विज्ञ र कुशल नेतृत्व भएका व्यक्तिलाई छान्नु पर्नेछ । आवश्यक लोभ लालचमा नफस्ने र हक्की स्वभावमा निडरभइ स्वतन्त्रताले मतदान दिनु पर्नेछ । नेता आवश्यक परेको बेला वा संकटमा पनि नआत्तिने र दृढ विश्वासको हुनु पर्नेछ  । निर्वाचन भन्ना साथ राजनीतिक दलको कुरा आउछ र त्यसमा पनि दलको बारेमा राम्रो किसिमले जानेको हुनु पर्नेछ । सोही अनुसार राजनीतिक दलबाट उठेको व्यक्तिलाई आफनो मत दिई प्रतिनिधि बनाइ पठाउनु पर्नेछ । निर्वाचनको बेला कसैको लोभलालचमा नफसि आफनो भविष्यको विकास गरि दिने व्यतिmलाई प्रतिनिधि बनाई संसदमा पठाउनु नै राम्रो कुरा हो । 

निर्वाचनको महत्व राम्रो प्रकारले स्थानीय जनताले बुझनु पर्नेछ । यदि आफुले नजानेको कुरामा अर्को व्यक्तिबाट सल्लाह लिई अगाडी बढनु पर्नेछ । तर आफनो मत खेर नफाली राम्रो व्यक्तिलाई निर्वाचित गरी पठाउनु पर्नेछ । त्यसैले यो समयमा राम्रो सचेत हुनु पर्ने बेला आएको छ । निर्वाचनलाई कानुनले पनि लोकतन्त्रको गति दिएको छ । त्यसैले निर्वाचनको महत्व राम्रो किसिमले बुझनु पर्नेछ । निर्वाचनको बारेमा समुदायमालाई जति धेरै जानकार हुन्छ, त्यति नै निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वासनीय हुनेछ 

निर्वाचनको फाईदाहरुः

-निर्वाचन सबैका लागि बराबर अधिकार दिन्छ ।
-निर्वाचनले जन प्रतिनिधि बनाएर संसदमा पठाउछ ।
-जनताको प्रतिनिधिले जनताको लागि विकास गर्नेछ । 
-जन प्रतिनिधि जनताले चिनेजानेकाको व्यक्ति हुनेछ । 
-सरकारमा आफना नातादार पठाउन सकिन्छ ।
-स्थानीय जनताको जनप्रतिनिधिभई सरकारमा काम गर्नु पर्नेछ ।
-गाउँघरको विकास र परिर्वतन छिटै हुन्छ ।
-निर्वाचनमा आफुले गोप्य मत दिन सकिन्छ ।
-निर्वाचनबाट राम्रो तथा कुशल नेतृत्व पठाउनु सकिन्छ ।
-निर्वाचनमा सही निर्णय लिने मौका पाईन्छ ।
-निर्वाचनको प्रणालीले आफुले कसलाई मत दिए अर्कोलाई थाहाँ हुदैन् ।
-निर्वाचन नियमले कसैलाई रिसाउन दिदैन् ।
-निर्वाचनमा आफनो मत सही ठाउँमा दिन होस पु¥याउन सकिन्छ ।

 निष्कर्षः

अन्त्यमा निर्वाचनको निष्कर्षमा निष्पक्ष, धाँधलीरहित र स्वच्छ निर्वाचनकालागि सक्तिशाली पर्यवेक्षक टोली गठन गर्न अतिआवश्यक छ । निर्वाचन पर्यवेक्षकले स्वच्छ निर्वाचनकालागि आवश्यक मानिको सञ्चालन गर्न सकिन्छ । यसको निमित्त निर्वाचन आयोगले केन्द्रीय पर्यवेक्षकको हकअधिकार दिनु पर्ने निकाय नियुक्ति गर्नुपर्ने हुन्छ । आउँदै गरेको निर्वाचनमा निर्धक भई आफनो मतको प्रयोग सही ठाउँमा गर्नुपर्ने हुन्छ । जनताको हातमा पावर छ सो पावरको प्रयोग सही ठाउँमा गर्नुपर्ने हुन्छ । निर्वाचनको महत्वले जनताले सोचेको जस्तो प्रतिफल निकाली दिन्छ । नेपाली जनताले आफनो प्रतिनिधि संसदमा पठाउनु सक्नेछन् । यसै लेखरचनाद्वारा नेपाली जनताको जनचेतनाको अभिवृद्धि गर्नु अत्यावश्यक छ । (लेखक डा. सिंह,  समाजशास्त्री एवं सुशासन विज्ञका साथै नेपाली जनता दलका बरिष्ठ उपाध्यक्ष पनि हुन)  

 
 
 
सोमबार, ०४ फागुन २०८२, १३ : २८

प्रतिक्रिया