सुनको भाउ तोलामा ५०० ले घट्यो

आइतबार, ०५ साउन २०७६, १३ : १४

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा रु ५०० घटेर ६५ हजारमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी पनि अघिल्लो कारोबारको तुलनामा रु ५ घटेर तोलामा ७६५ मा कारोबार भइरहेको छ।

आइतबार, ०५ साउन २०७६, १३ : १४

प्रतिक्रिया