आइकौर भी २३ रु. ५०.९९ लाखमै उपलब्ध – सीमित स्टकका लागि विशेष अवसर

बुधबार, २७ जेठ २०८३, १२ : ४५

काठमाडौं- नेपालका लागि आइकौरको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले लोकप्रिय आइकौर भी २३ मा विशेष सीमित–स्टक अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले रु. ५०.९९ लाखको पूर्व–बजेट मूल्यमा आइकौर भी २३ खरिद गर्न सक्नेछन्, जबकि हालको बजेटपछिको आधिकारिक मूल्य रु. ५३.९९ लाख कायम गरिएको छ ।

हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा आइकौर भी २३ को आधिकारिक बिक्री मूल्य रु. ५३.९९ लाख निर्धारण गरिएको छ । तथापि, ग्राहकहरूको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै SPG Automobiles ले सीमित संख्यामा उपलब्ध स्टकका लागि आइकौर भी २३ लाई पुरानै मूल्य रु. ५०.९९ लाखमा उपलब्ध गराउने निर्णय गरेको हो ।

यस विशेष अफरमार्फत ग्राहकहरूले रु. ३ लाखसम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन् । सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित आधिकारिक मूल्य रु. ५३.९९ लाख अनुसार हुनेछन् । आइकौर भी २३ नेपालका सबैभन्दा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीहरूमध्ये एकका रूपमा स्थापित भइसकेको छ ।

रेट्रो–प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ पध्ज ब्याट्री क्षमता, ४०१ किलोमिटर (CLTC) सम्मको ड्राइभिङ रेन्ज, तथा २१० मिमी ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको छ । यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले यसलाई नेपाली ईभि पारखीहरूको रोजाइको गाडी बनाएको छ ।

यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकहरूलाई देशभर रहेका आफ्नो नजिकको आइकौर शोरुम वा आधिकारिक डिलरशिपमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ । यो अफर केवल हाल उपलब्ध स्टकमा मात्र लागू हुनेछ र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुनेछ ।

SPG Automobiles Pvt. Ltd. बारे

SPG Automobiles Pvt. Ltd. नेपालका लागि OMODA, JAECOO र iCAUR ब्रान्डका सवारीसाधनहरूको आधिकारिक वितरक हो । शारदा समूहको गौरवशाली विरासतसँग आबद्ध SPG Automobiles ले नेपाली बजारमा नवीन, दिगो तथा विश्वस्तरीय गतिशीलता समाधानहरू भित्र्याउँदै उत्कृष्ट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।
 

बुधबार, २७ जेठ २०८३, १२ : ४५

प्रतिक्रिया