भोटेकोसी बाढी

मृतकको संख्या १ हजार २२२ पुग्यो, ४ हजार ८७५ अझै बेपत्ता

विहीबार, १८ भदौ २०८३, १२ : १८

काठमाडौं- भोटेकोसी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्मको विवरणमा ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ जनाको पहिचान नखुलेको अवस्थामा शव फेला परेको हो ।

हालसम्म बाढीमा बेपत्ता हुनेको संख्या ४ हजार ८७५ रहेको प्रहरीले जनाएको छ । उद्धार तथा खोजी कार्य अझै जारी रहेको छ ।

विहीबार, १८ भदौ २०८३, १२ : १८

प्रतिक्रिया