काठमाडौं - अमेरिकासँग महिनौं लामो यसद्धमा रहेको इरानमा यतिबेला इन्धनको चरम अभाव देखिएको छ । यद्यपी इरान आफै तेल उत्पादक राष्ट्र हो ।
युद्धका कारण भएको क्षति, आयातमा लागेको प्रतिबन्ध र अमेरिकाका नयाँ आर्थिक प्रतिबन्धहरूले इरानमा इन्धन आपूर्ति सीमित गरिदिएको बताइएको छ । यसका कारण देशभरका इन्धन केन्द्रहरूमा सवारीसाधनहरूको लामो लाइन देखिन थालेको छ । इरानका विभिन्न शहरहरूमा चालकहरूले इन्धन भर्नका लागि घन्टौँसम्म कुर्नुपरेको गुनासो गरिरहेका छन् ।
इरानले हाल दैनिक करिब १ करोड ५० लाख लिटर पेट्रोलको अभाव झेलिरहेको छ । अमेरिकी समुद्री नाकाबन्दीका कारण प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्न कठिन भएको छ भने आन्तरिक उत्पादनले माग धान्न नसकेको बताइएको छ । इन्धनको कमी पूरा गर्न पेट्रोलमा ०।५ प्रतिशत मेथानोल मिसाउन थालिएपछि विवाद सिर्जना भएको छ । आलोचकहरूले यसले इन्धनको गुणस्तर घटाएको र गाडीको इन्जिनमा क्षति पुर्याइरहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया