आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र २० गते । शनिबार । इस्वी सन् २०२६ सेप्टेम्बर ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–नवमी, बेलुकी ८ बजेर ५१ मिनेट उप्रान्त दशमी । नक्षत्र–मृगशिरा, बेलुकी ९ बजेर ३८ मिनेट उप्रान्त आद्र्रा । योग–बज्र, दिउँसो १ बजेर ५६ मिनेट उप्रान्त सिद्धि । करण–तैतिल, बिहान १० बजेर ५ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर ५१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–वृष, बिहान १० बजेर २८ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ४४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३१ घडी २६ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । अध्ययन वा कामलाई थाती राख्दै यात्रामा निस्कन सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । राजनीति तथा सामाजिक काम गरी नाम कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । बिहानको समयमा धार्मिक यात्राको तय हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोजीमूलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइ कै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । बिहानको समयमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनकै सवालमा यात्रा गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरू बाहिर आउने तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । अशक्त तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा मन प्रसन्न हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नको व्यापारमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । अध्ययन वा काममा प्रविधिको सहयोग लिई नतिजा हात पार्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा केही समय खर्च हुनेछ । बिहानको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।
प्रतिक्रिया