काठमाडौं- माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका मानिसहरू सकुशल रहेको उद्धार गरिएका सञ्जय साहले बताएका छन् ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले केहीबेरअघि सुरुङभित्रबाट सञ्जय साह र कबिर महर्जनलाई सकुशल उद्धार गरेको थियो । उद्धारपछि बाहिर निकालिएका साहले सुरुङभित्र अझै रहेका सबै मानिस सकुशल रहेको जानकारी दिएका हुन् ।
सञ्जय साह आयोजनामा मेकानिकल फोरम्यान र कबिर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् ।
उद्धार गरिएका साह र महर्जनलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
बाढी आएको १० औँ दिनमा उनीहरूको उद्धार भएको हो । सुरुङभित्रबाट आवाज सुनिएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो ।
प्रतिक्रिया