अध्यक्ष ओलीले बाढी प्रभावितसँग किन गरे टेलिफोन संवाद ?

आइतबार, २१ भदौ २०८३, १३ : २८

काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावितसँग निकटमा रहेर राहत तथा उद्धारको कामलाई सघाइरहेका छन् । उनले बाढी पीडितहरुसँग टेलिफोनमार्फत पनि संवाद गरेका छन्।

एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमा कुराकानीको भिडियो जानकारी गर्दै यसबारे जानकारी गराएका हुन्।

उनले लेखेका छन्, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यू बाढी प्रभावित क्षेत्रको अवलोकन, राहत वितरणको अनुगमन, पीडितहरूसँग प्रत्यक्ष अन्तरक्रियापछि पनि दुःखमा परेकाहरूसँग फोनमार्फत सम्पर्क गरी उनीहरूको अवस्था बुझ्दै, सम्मान र हौसला प्रदान गर्दै।’

यसअघि एमालेले एक करोड २० लाख कोष छुट्याएर प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापनाका काम गरिरहेको छ। 

हालै अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पनि पुगेको थियो। सो अवसरमा उनले पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिएका थिए। 

आइतबार, २१ भदौ २०८३, १३ : २८

प्रतिक्रिया