आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

शुक्रबार, ०२ असोज २०८३, १० : ०१

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा विभिन्न तरकारी, फलफूल तथा अन्य कृषि उपजको मूल्यमा ठूलो अन्तर देखिएको छ। उपलब्ध मूल्य विवरणअनुसार सिताके च्याउ प्रतिकिलो अधिकतम १ हजार रुपैयाँसम्म पुगेको छ भने कुरिलोको मूल्य ६ सय रुपैयाँसम्म रहेको छ।

बजारमा पार्सलेको न्यूनतम मूल्य प्रतिकिलो २ सय ४० रुपैयाँ र अधिकतम २ हजार ८ सय रुपैयाँ तोकिएको छ। त्यस्तै पुदीनाको मूल्य प्रतिकिलो ६ सयदेखि ७ सय रुपैयाँ, च्याउ ९डल्ले० ४ सय ५० देखि ५ सय रुपैयाँ र राजा च्याउ ३ सयदेखि ३ सय ३० रुपैयाँसम्म रहेको छ।

तरकारीतर्फ स्कूस सबैभन्दा सस्तोमध्ये देखिएको छ। यसको मूल्य प्रतिकिलो १० देखि २० रुपैयाँसम्म रहेको छ। चिचिण्डो २० देखि ३० रुपैयाँ, आलु रातो ९भारतीय० ४५ देखि ४८ रुपैयाँ, बन्दा ३० देखि ४० रुपैयाँ र रातो मूला ३० देखि ४० रुपैयाँसम्म रहेको छ।

काउली स्थानीयको मूल्य प्रतिकिलो १ सयदेखि १ सय २० रुपैयाँ, गाजर स्थानीय १ सयदेखि १ सय २० रुपैयाँ तथा गाजर तराईको ८० देखि ९० रुपैयाँसम्म रहेको छ। घिउ सिमीको मूल्य ७० देखि ९० रुपैयाँ र भटमासकोशा १ सयदेखि १ सय २० रुपैयाँसम्म रहेको छ।

हरियो सागसब्जीमध्ये पालुङ्गो साग प्रतिकिलो १ सय ५० देखि २ सय रुपैयाँ, रायो साग ८० देखि १ सय २० रुपैयाँ, तोरीको साग ८० देखि १ सय रुपैयाँ र हरियो धनिया १ सयदेखि २ सय रुपैयाँसम्म रहेको छ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँ, जुम्लाको स्याउ २ सय ५० देखि ३ सय ५० रुपैयाँ र मुस्ताङको स्याउ १ सय ३० देखि १ सय ६० रुपैयाँसम्म रहेको छ। कागतीको मूल्य ३ सय ५० देखि ४ सय रुपैयाँ तथा किवी ३ सय ५० देखि ४ सय रुपैयाँसम्म रहेको छ।

ड्रागन फ्रुट प्रतिकिलो ४ सयदेखि ५ सय रुपैयाँ, आभोकाडो २ सय ५० देखि ३ सय रुपैयाँ, नासपाती चाइनिज २ सयदेखि २ सय ५० रुपैयाँ र नेपाली मेवा ७० देखि ८० रुपैयाँसम्म रहेको छ। नेपाली केराको मूल्य दर्जनको १ सय ५० देखि २ सय रुपैयाँ र मालभोग केराको १ सयदेखि १ सय ५० रुपैयाँसम्म रहेको छ।

मसला तथा अन्य कृषि उपजमा अदुवा प्रतिकिलो २ सयदेखि २ सय ३० रुपैयाँ, सुकेको खुर्सानी ५ सयदेखि ५ सय ५० रुपैयाँ, नेपाली सुकेको लसुन २ सयदेखि २ सय ३० रुपैयाँ र चाइनिज सुकेको लसुन २ सय २० देखि २ सय ६० रुपैयाँसम्म रहेको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो ८ सयदेखि १ हजार रुपैयाँसम्म रहेको छ। ताजा रहु माछा ३ सय ४० देखि ३ सय ७० रुपैयाँ, बचुवा ३ सयदेखि ३ सय ४० रुपैयाँ र छडी माछा ३ सय २० देखि ३ सय ५० रुपैयाँसम्म रहेको मूल्य विवरणमा उल्लेख छ।

शुक्रबार, ०२ असोज २०८३, १० : ०१

प्रतिक्रिया