शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्रकाशित सूचनाप्रति इक्यानको गम्भीर ध्यानाकर्षण

शुक्रबार, ०२ असोज २०८३, १३ : ३१

काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्रकाशित शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” को नियम ३ को उपनियम ९२० र ९७० तथा नियम ६ को उपनियम ९२० बमोजिम शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सेवा सञ्चालनका लागि संस्था दर्ता गर्ने सम्बन्धमा प्रकाशित सूचनाप्रति नेपाल शैक्षिक परामर्श संघ (ECAN) को गम्भीर ध्यानाकर्षण भएको छ ।

ECAN ले लामो समयदेखि नेपालको शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित र उत्तरदायी बनाउन दर्ता तथा नवीकरण प्रक्रियालाई नियमित, स्पष्ट र सहज बनाउनुपर्ने विषयमा नेपाल सरकारका सम्बन्धित निकाय तथा पदाधिकारीहरूसँग निरन्तर पहल, परामर्श र पैरवी गर्दै आएको छ ।

प्रत्येक नेपाली व्यवसायीले प्रचलित कानुनबमोजिम यस क्षेत्रमा प्रवेश गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्ने विषयमा ECAN स्पष्ट छ । 

हाल प्रकाशित सूचनामा समावेश गरिएका केही प्रावधानहरू अत्यन्त कठोर, अव्यावहारिक तथा कार्यान्वयन गर्न कठिन रहेको ECAN को धारणा छ। बुँदा नं.१ अन्तर्गत नियमावलीको अनुसूचीमा उल्लिखित ढाँचामा निवेदन तथा कागजातू अन्तर्गत नियमावलीको अनुसूची-१ को बुँदा नं. ९ मा उल्लिखित सेवा सञ्चालन गर्ने स्थान, भवन तथा कक्षासम्बन्धी विस्तृत विवरण पेस गर्नुपर्ने व्यवस्थास बुँदा नं. ४ मा उल्लेखित २०८२र०८३ सम्मको अद्यावधिक सम्बन्धी व्यवस्थास बुँदा नं. ५ मा उल्लेखित आर्थिक वर्ष २०८२र८३ को कर चुक्ता प्रमाणपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था, बुँदा नं. १७ मा रहेको शाखा कार्यालय सञ्चालनको अनुमति सम्बन्धी व्यवस्था तथा बुँदा नं. १८ मा रहेको नाम तथा नाम परिवर्तन सम्बन्धी व्यवस्था लगायतका प्रावधानहरूप्रति ECAN को गम्भीर असहमति रहेको छ ।

उल्लिखित प्रावधानहरू प्रचलित कानुनी व्यवस्था, व्यवसाय सञ्चालनको व्यावहारिक अवस्था तथा यस क्षेत्रको विद्यमान प्रक्रियासँग मेल नखाने र कार्यान्वयनमा अनावश्यक जटिलता सिर्जना गर्ने भएकाले ECAN ले यस विषयमा गम्भीर सरोकार व्यक्त गर्दछ । 

यद्यपि, लामो समयदेखि दर्ता तथा अनुमति प्रक्रियाको प्रतीक्षामा रहेका व्यवसायीहरू तथा प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयबाट शैक्षिक परामर्श भाषा शिक्षण सञ्चालनको अनुमति प्राप्त गरेका व्यवसायी संस्थाहरूलाई संघीय सरकार अन्तर्गतको सम्बन्धित निकायमा सूचीकृत तथा दर्ता प्रक्रियामा समावेश गर्ने उद्देश्यले प्रकाशित सूचना आएको विषयलाई ECAN ले आफ्ना सदस्य संस्थाहरूलाई जानकारी गराई आवश्यक प्रक्रिया अगाडि बढाउन समेत जानकारी गराइसकेको छ ।

'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३' मा समावेश गरिएका कतिपय प्रावधानहरू अव्यावहारिक, अस्पष्ट तथा तत्काल कार्यान्वयन गर्न कठिन रहेको विषयमा भ्ऋब्ल् ले मन्त्रालयसमक्ष विभिन्न बैठक, छलफल, लिखित सुझाव तथा अन्य औपचारिक माध्यमबाट निरन्तर आफ्नो असहमति जनाउँदै संशोधनका प्रस्तावहरू प्रस्तुत गर्दै आएको छ ।

नियमावली २०८३ जारी भएलगत्तै हामीले स्पष्ट रूपमा यसका विभिन्न प्रावधानहरूको अनिवार्य संशोधनका लागि हाम्रा मागहरू, हाम्रा संयुक्त आन्दोलनको भावना, मन्त्रालयसँगका छलफल, नियमावलीका संशोधनका प्रक्रिया र निष्कर्षमा नपुग्दै सोही नियमावलीका विवादित प्रावधानहरूमा बिना संशोधन, बिना छलफल एकतर्फी रूपमा प्रक्रिया अगाडि बढाइएकोप्रति र मन्त्रालयको एकलौटी सोचप्रति ECAN गम्भीर चिन्ता तथा सरोकार व्यक्त गर्दछ ।

ECAN र यसका सदस्य संस्थाहरू प्रचलित कानुन, पारदर्शिता, जवाफदेहिता तथा व्यावसायिक आचारसंहिताको पालना गर्न पूर्ण रूपमा प्रतिबद्ध छन् । तर वस्तुगत रूपमा कार्यान्वयन गर्न नसकिने, अस्पष्ट तथा अव्यावहारिक प्रावधानहरूलाई यथास्थितिमा कार्यान्वयन गर्न कठिनाइ रहेको हाम्रो स्पष्ट संस्थागत धारणा छ ।

अतः ECAN नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयसमक्ष देहायका विषयहरू तत्काल सम्बोधन गर्न माग गर्दछ

१. नयाँ आवेदन, मन्त्रालयको निर्णयको प्रतीक्षामा रहेका आवेदन तथा प्रदेद्धि वा स्थानीय तहबाट अनुमति प्राप्त संस्थाहरूको दर्तारअनुमति प्रक्रिया स्पष्ट, सहज, व्यावहारिक, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाइयोस् । 
२. ECAN तथा सम्बन्धित सरोकारवालाहरूले उठाएका विषयहरूको सम्बोधन तथा नियमावली संशोधन नहुँदासम्म व्यवहारतः कार्यान्वयन गर्न नसकिने तथा विवादित प्रावधानहरू अनिवार्य नगरी आवश्यक अन्तरिम व्यवस्था गरियोस् ।

३. मन्त्रालय र ECAN बीच यसअघि भएका छलफल तथा ECAN ले पेस गरेका लिखित सुझावहरूका आधारमा नियमावली संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाइयोस् । अव्यावहारिक तथा अनावश्यक प्रक्रियागत प्रावधानहरूलाई पुनर्लेखन गरी व्यवसायीहरूका भावनाहरूलाई समेट्दै संशोधित नियमावली जारी गरियोस् ।

४. आवश्यक प्रक्रिया पूरा गरी हाल नवीकरणको प्रतीक्षामा रहेका संस्थाहरूलाई यथाशीघ्र नवीकरणपत्र उपलब्ध गराइयोस् ।

५. मन्त्रालय, ECAN तथा सम्बन्धित सरोकारवालाहरूको सहभागितामा तत्काल औपचारिक छलफल आयोजना गरी विद्यमान अन्योल तथा कार्यान्वयनका जटिलताहरू समाधान गरियोस् ।

शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित, पारदर्शी, उत्तरदायी तथा विद्यार्थीमैत्री बनाउन भ्ऋब्ल् सदैव नेपाल सरकार र सम्बन्धित निकायहरूसँग रचनात्मक सहकार्य गर्न प्रतिबद्ध छ । 

तसर्थ, ECAN ले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै नियमावली संशोधनको प्रक्रिया शीघ्र अगाडि बढाउन तथा सो प्रक्रिया टुंगो नलागेसम्म सदस्य तथा सम्बन्धित व्यवसायी संस्थाहरूलाई प्रत्यक्ष असर पर्ने अव्यावहारिक प्रावधानहरूको कार्यान्वयनका सम्बन्धमा आवश्यक व्यावहारिक अन्तरिम व्यवस्था गर्न शिक्षा तथा खेलकुद मन्त्रालयसमक्ष जोडदार माग गर्दछ ।

शुक्रबार, ०२ असोज २०८३, १३ : ३१

प्रतिक्रिया