काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ । कम्पनीले अफरअन्तर्गत अनलिमिटेड लाइट ४९९ र अनलिमिटेड प्रो ६९९ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने भएको हो ।
रु. ४९९ (करसहित) मा उपलब्ध अनलिमिटेड लाइट ४९९ प्याकेजमा ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न सक्नेछन्। दैनिक ५ जीबीको सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस गतिको अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
त्यस्तै, धेरै डाटा प्रयोग गर्ने ग्राहकका लागि रु. ६९९ (करसहित) मा अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध हुनेछ। यस प्याकेजमा ३० दिनसम्म दैनिक १० जीबी डाटा पाइनेछ। दैनिक १० जीबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबीपीएस गतिको अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
पोस्टपेड मोबाइल ग्राहकका लागि भने प्याकेजमै रेन्टल शुल्कसमेत समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ ।
यो अफर २०८३ असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ । ग्राहकले आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा नेपाल टेलिकम एपमार्फत अफर लिन सक्नेछन् ।
प्रतिक्रिया