चार निर्माण व्यवसायी कालोसूचीमा

शुक्रबार, ०२ असोज २०८३, १३ : ३४

काठमाडौं - प्रधानमन्त्री कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचिमा राखेको छ । ठेक्का ओगटेर समयमै काम सम्पन्न नगर्ने चार निर्माण व्यवसायी कालोसूचीमा परेका हुन । 

कालोसूचीमा पर्नेमा नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि, निलगिरी निर्माण सेवा प्रालि, हिमानी काब्य कन्स्ट्रक्सन सेवा र अर्भान कन्स्ट्रक्सन प्रालि छन् । सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा (१) बमोजिम यी निर्माण व्यवसायीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
 

शुक्रबार, ०२ असोज २०८३, १३ : ३४

प्रतिक्रिया