समुदाय र राजनीतिक दलबीचको सम्बन्ध

आइतबार, ०४ असोज २०८३, १४ : ५२

१. समुदायको परिचय तथा महत्व

साधारण अर्थले भन्ने हो भने समुदाय भनेको एउटै भौगोलिक स्थान, एकै क्षेत्रमा बसोबास गर्ने, समान संस्कृति, भाषा, चासो, मूल्यमान्यता, आदरसम्मान र साँझा उद्देश्यका लागि एकै ठाउँमा उभिने मानिसहरुको झुप्पो, समूह, गाऊँ, टोल, समुदाय र बस्तीहरुलाई समुदायको परिचय हो । असली समुदाय बन्नका लागि सबै मानिसहरुका बीचमा एकआपसको सम्बन्ध, सहयोग, पारस्परी समान र आफनत्व भावनाले बनेको समूहलाई पनि समुदाय भनिन्छ । 

ऐतिहासिक रुपमा भन्ने हो भने सबै मानसिकहरुको सुरक्षा, जीविकोपार्जन र सामाजिक सुरक्षाको परीपुर्ती गर्ने ठाउँलाई समुदायको महत्व हो । उक्त समुदायमा बसोबास गर्ने घरपरिवारबाट डाक्टर, नर्स, इन्जिनियर, शिक्षक, पाईलोट, कुशल प्रशासक, विज्ञ, अधिवता, समाजशास्त्री, मनोबैज्ञानि, सुशासनकर्ता, समाजका अगुवा, समाजिक अभियन्ता, नेता, देशको राष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, राज्यमन्त्रि, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष र सभासदहरु जस्ता पदहरुको प्रतिनिधित्व समुदायबाट नै हुन्छ र समुदायको परिचय त्यहाँबाट प्रष्ट हुन्छ । समुदायको विकास गर्नका लागि विभिन्न राजनीति दलहरुमा प्रतिनिधि हुनेगरी समुदायबाट नै आमजनताले प्रतिनिधि पठाएको हुन्छ । 

नेपालमा विभिन्न जातजाती, धर्म तथा संस्कृतिक बोकेका व्यतिmहरुको बसोबास पनि त्यही समुदायमा हुन्छ त्यसैले समुदायको भूमिका महत्वपूर्ण छ । यसलाई अर्को अर्थमा भन्ने हो भने समान चासो, उद्देश्य र मूल्यमान्यताको आधारमा एकै ठाउँमा बसोबास गर्ने मानिसहरुको समूहलाई समुदायको असलीरुप पनि भनिन्छ । साथै उनीहरुको समान, चाडपर्व, भाषा, भेषभूषा र परम्परामा आआफनो नियम पालना गर्ने प्रविधि हुन्छ । समुदायका सबै मानिसहरुलाई एकताबद्ध बनाई राख्ने तथा समाजको उथान गर्ने काम राजनीति दलहरुले गर्दछ । 

धेरैवटा समुदाय मिलेर एक समाज बन्दछ र असली समुदाय बनाउनका लागि विभिन्न विकासका काम गर्नुपर्ने हुन्छ । समुदायका सबै मानिसहरुको सक्रिय सहभागिता, क्षमतावृद्धि र आत्मनिर्भरता गराउनु राजनीतिको जिम्मेवारीमा पर्दछ । समुदायको दिगो विकास र आर्थिक विकासले समुदायलाई छिटै रुपान्तरण गर्न सकिन्छ । सामुहिक योजना तर्जुमा, सामुहिक निर्णय प्रक्रिया र छिटो कार्यान्वयनको काममा शुरुदेखि नै जनसहभागिता, स्वामित्व र सक्रिय सहभागिता गराउन राज्यको जिम्मेवारी हो । समुदायलाई बाहय स्रोत वा सहायताले मात्र पुग्दैन् र त्यसको सफलताको लागि स्थानीय स्रोत, सीप र श्रमको उचित व्यवस्थापन र खोजी गर्न अवश्य छ । 

विभिन्न जातजाति, भाषा, लिङ्ग, वर्ग र भूगोलको आधारमा हुने विभेद अन्त्य गरी समाजमा नयाँ आयाम गर्ने र समान अवसर सबैलाई बराबर दिने कार्य नै समावेशीकरण हो । स्थानीय जनताको निर्णय गर्ने क्षमता, आत्मविश्वास र नेतृत्वलाई अभिवृद्धि गर्ने कार्यलाई सिप विकास भनिन्छ । अल्पकालिन राहत वा भौतिक निमार्ण भन्दा माथि उठी पर्यावरण, सामाजिक सदभाव र दीर्घकालीन हितलाई सुनिश्चित गर्ने रचनात्मक कार्यलाई दिगो र सकारात्मक परिवर्तन भनिन्छ । समुदायका सबै समस्याहरुलाई हलगर्ने सामूहिक प्रयासलाई एकीकृत विकास भनिन्छ । समुदायमा रहेका सबै सदस्यहरुले सामूहिक काम गरेमा समुदाय विकास भनिन्छ । 

माथि उल्लेखित सबै प्रकारका व्यतिmहरुको प्रतिनिधिले समुदायलाई उच्च मूल्याकन गरिन्छ । आखरीमा भन्नेहो भने समुदाय भनेको साझा चासो, उद्देश्य, मूल्यमान्यता र भूगोलमा रही एकै ठाउँमा बसोबास गर्ने मानिसहरुको समूहलाई असली समुदाय भनिन्छ । 

एउटै निश्चित भौगोलिक क्षेत्र वा भूगोलमा मानिसहरुको बसोबास हुन्छ र सबै सदस्यहरुबीच समान हित, चासो र लक्ष्यका साथ एकअर्का प्रतिको मायाप्रेम, सम्बन्ध, अफनत्व, सहकार्य र सामाजिक भावना बोकेकोलाई परस्परी सम्बन्ध भनिन्छ । साँझा संस्कृति, चाडपर्व र जीवनशैलीको पालना गर्ने कार्यलाई रीतिरिवाज र परम्परा भनिन्छ । नेपाली समुदायले सबै मानिसहरुलाई एकताबद्ध बनाउँने कार्यलाई सामाजिक सहयोगको आदान प्रदान गर्ने कार्यलाई समुदाय सुधारको प्रकृया भनिन्छ । त्उसैले होला समुदायको परिचय र महत्वको बारेमा प्रष्ट बुझदा समुदायको भूमिका महत्वपूर्ण छ ।

२. राजनीतिको परिचय तथा महत्व

शाब्दिक अर्थले राजनीतिक शब्दलाई दुई टुक्रामा विभाजित गरेकोछ जसमा “राज्य” तथा “नीति” हो । राजनीति भन्नाले राज्यको सञ्चालन, सुशासन व्यवस्थापन, समाजका समस्या हल, नयाँ नीति निमार्ण र आधुनिक विकासको स्थापना जस्ता गतिविधिलाई बुझाउँछ । समाजमा शान्ति, न्याय, समानता, आर्थिक र सामाजिक विकास गर्ने कार्यलाई राजनीतिको महत्वपूर्ण भूमिका हुन्छ । समाजका समस्यालाई निरविरोध समाधान गर्ने जिम्मा राजनीतिक खलहरुको हुने छ । 

राजनीतिक समुदायमा भएका हरेक समस्या लाई कानुनको माध्यमद्वारा हलगरी समाधान गर्ने जिम्मेवारीलाई महत्वपूर्ण मानेको छ । संघ, प्रदेश र स्थानीय स्तरको सम्पूर्ण विकास र नागरिकको सुव्यवस्थापन सञ्चालन गर्ने जिम्मेवारी राजनीतिक दलले लिएको छ । राजनीति भनेको राज्य संञ्चालन गर्ने, समाजका समस्याहरु हलगर्ने र देशको नीति निमार्ण गरी बलियो र दीगो विकासको स्थापना गराउने बाँचा गरेको हुन्छ । 

राज्यसत्ता, शक्ति र तिनको उचित प्रयोगसँग सम्बन्धित सबै अधिकारहरु राजनीतिले लिएको हुन्छ । नागरिकको हकहितका लागि देशमा सुशासन व्यवस्थापन, बेरोजगारीको अन्त्य, समृद्धिको थाल्नी र सुरक्षाको व्यवस्थापन गरी राजनीतिको संगठन अगाडि बढनु पर्ने हुन्छ । राजनीति एक सांगठित संस्थाको रुपमा उभिएको महत्वपूर्ण निकाय हो । राजनीतिको जन्म स्थानीय जनताले गरि दिएको हुन्छ । 

राजनीति दलको जलमल पनि स्थानीय जनताले गरी दिई सोको सही विकास गर्ने जिम्मा पनि स्थानीय जनताको हुन्छ । समुदाय तथा स्थानीय जनता भनेका राजनीतिका प्रमुख्य न्यायधिश हुन । जसको मूल्याकन र सही न्याय स्थानीय जनता गर्दन्छन् । स्थानीय जनता र समुदायले नसोचेकोे राजनीतिको परिणाम नराम्रो निकाली दिन्छ यो कुरा सत्य हो । स्थानीय जनताले राजनीतिको राम्रो परिचय दिन्छ साथै सोलाई र्हुकाउने र सही विकास पनि गरि दिन्छन् । 

राजनीतिमा संलग्न भएका र दुख पाएका व्यतिmहरुलाई स्थानीय जनताको मूल्याकनमा राम्रो भयो भने केही समयमा कुशल नेताको रुपमा र राजनीतिज्ञ बनाई चिनाईछन् यो कुरा शतप्रतिसत सही हो । राजनीति बिषयलाई अध्ययन गर्ने व्यतिmलाई राजनीतिक विज्ञ र राजनीतिशास्त्री पनि भनिन्छ, भने समाजको बिषयलाई राम्रो किसमिले अध्ययन गर्ने व्यतिmलाई समाजशास्त्री स्थानीय समाजमा भनिन्छ । त्यसैले होला राजनीतिमा प्रवेश गर्ने व्यतिmले राजनीतिको अध्ययन राम्रो किसिमले गरेको हुनुनै पर्दछ । राजनीतिको प्रर्वद्धन, विकास, सकारात्मक परिवर्तन र आधुनिक सिद्धान्तको विकासको थाल्नी पनि सोही व्यतिmले गर्नेछन् । 

यदि त्यस अनुसार राजनीति अगाडी बढाउँने कार्य भएको भए राजनीतिको विनास हुँदैन थियो । नेपालको राजनीतिको विकास पहिले देखि बंश र बंशावलीको नामले भएको देखिन्छ । त्यसले नयाँ सोच, नयाँ विकास र नयाँ परिवर्तन ल्याउनमा कमिकमजोरी हुने भएकोले राजनीतिमा पुस्तान्तरण ९न्भलभचबतष्यल कजषतष्लन० हुन सकेको छैन् नेपालको राजनीति त्यसैमा अडेको छ । त्यो कुराको ज्ञान नेपालका पुराना नेताहरुमा पलाएको छैन् । 

त्यसैले होला नेपालका राजनीतिकदलहरुले पनि आफनो जिम्मेवारीमा सही सफलता पाएको देखिदैन् र त्यसको मूल्याकन गर्न सकिरहेका छैन् । जब नेपालमा युवाहरुको नेतृत्व हुन्छ तबमात्र नयाँ सोच, नयाँ विचार, नयाँ परिवर्तन र नयाँ विकासको थालनी हुनेछ । तर युवा नेतामा अध्ययनको कमी छ र युवाहरुले पनि विभिन्न देशको राजनीति र इतिहासमा दरो अध्ययन वा विधावारीधिको जस्तो दीगो र लामो अध्ययन गर्नु पर्ने आवश्यकता छ । कुनै पनि काम शुरु गर्नुभन्दा पहिले सो काम सम्बन्धी अनुसन्धान गर्नुपर्ने हुन्छ र त्यसपछि मात्र अनुसन्धानको आधारमा वा सुझावको आधारमा नयाँ विकासको काम शुरुवात गर्ने सिद्धान अनुसार अगाडी बढेमा पक्कै काम सफल हुनेछ । 

नेपालको राजनीतिको शुरुवात थालनी सामाजिक बंशजको आधारमा नभई ज्ञानले अगाडी बढाउँन पर्दछ । त्यसले नयाँ कुरा होईन र प्रमाणित पनि भई सकेको छ । आजका युवाहरुमा शिक्षाको स्तर उच्चोछ । तर अध्ययन गर्ने बानी कमछ र अब त्यसलाई अध्ययनमा परिवर्तन गर्नुपर्ने छ । आजको समयमा सबैले आफनो अवधारणा र विचारको प्रतिनिधि भएको देख्न चाहन्छन् । तर त्यस्तो व्यतिmले अवसर पाएन भने उसको उर्जा र उमंग त्यसै गलेर जान्छ । 

त्यसैले राजनीतिकदलहरुले त्यस्ता युवाहरुको नेतृत्वमा सामिल हुनुपर्दछ । राजनीतिमा लामो अनुभव खोज्नु हुँदैन् राजनीतिको सिद्धान्त अनुसार विकासको लागि नयाँ विचारको प्रस्तुती र अबधारण भएको चाहिन्छ । आधुनिक राज्यहरुमा प्रत्यके व्यक्तिले अक्सर आफनो विचारको प्रतिनिधित्व फिल्डमा चाहने भएकाले विभिन्न राजनीतिकदलहरु गठन गरी राज्यमा उपस्थिति भएका हुन्छन् र त्यसलाई राजनीतिक भनिएको हुन्छ । 

राज्यले निवार्चनको माध्यमबाट सबै दलहरुलाई प्रतिसपर्दा गराई जनताको बहुमतका साथ केन्द्रको संसदमा उपस्थिति गराउँदछन् । राजनीति प्रणली अनुसार यो एउटा राम्रो संस्थाको रुपमा उभिएको निकाय हो । जसले समाजभित्र रहेका विधिविधानको विकास गरेको हुन्छ । राजनीति विचारको विकास र मानव इतिहासको विकास सँगसँगै पृथ्वीमा सुरु भएको जस्तो लाग्दछ । त्यसैले होला राजनीतिको विकास गर्ने महत्वपूर्ण भूमिका नेपाली जनताहरुको हातमा छ । आधुनिक विकासले देशको काँचुली फेर्ने काम गर्दछ । 

आमजनताले आफनो बहुमूल्य मतदीई देश विकासकालागि सुहाँवदो, दक्ष र योग्य व्यतिmलाई जनताको प्रतिनिधि बनाई देशको उच्चस्थानमा पठाएको गर्दछ । त्यस प्रतिस्पर्दामा ईमान्दार तथा जनताको हितैषी राजनीतिकदल वा व्यतिmलाई चुनेर पठाएको इतिहास कायम छ । हिजोसम्म एकलौटी राज्य गरेका राजनीतिकदलहरुलाई स्थानीय जनताले घुलो चटाउँने काम गर्दछ । 

यदि जनताले चाहेमा साधारण व्यतिmलाई पनि देशको सर्वोच्चस्थानमा पुगाई दिने काम गर्दछन् । यसका साथै स्थानीय जनताले चाहेको खण्डमा जुनसुकै व्यतिmलाई राज्य, सरकार, राजनीतिकदल र सर्वभौमतासत्तामा पुगाई दिन्छन् यो कुरा सत्य बनाई दिएको छ । केही व्यतिmहरुको घमण्ड तोडी दिएका छन् । 

त्यसैले नेपाली जनताको हितैषी हुन अत्यावश्यक छ । सबै राजनीतिकदलहरुको बार्षिक मूल्याकन स्थानीय जनताले गरेको हुन्छ र कुन राजनीतिकदललाई देशको साँचो दिने भन्ने निर्णय पनि नेपाली जनताले गर्दछन् । त्यस्तो दलको विकासको जिम्मा पनि स्थानीय जनताले लिन्छ । स्थानीय समुदायमा राजनीतिको महत्वपूर्ण भूमिका छ ।

३. समुदाय तथा राजनीतिबीचको सम्बन्ध

राजनीति र समुदाय बीचको सम्बन्ध नडमास जस्तै धनिष्ठ हुन्छ । राजनीतिले समाजका समस्याहरु समाधान गर्ने र देशको नीति निमार्ण गर्ने काम गर्दछ भने समुदायले त्यसको आधारमा राजनीतिकदललाई आफनो क्षेत्रबाट सहयोग गर्दछन् । समुदाय र राजनीति एकअर्का बिना अपूर्ण हुन्छ । समुदायले भोकेका आवश्यकता, समस्या र आकाँक्षाहरुलाई परिपूर्ति गर्ने कार्य राजनीतिक दलहरुले गरि दिनुपर्ने हुन्छ । त्यसैले होला समुदाय तथा राजनीतिको सम्बन्ध एकआफसमा परस्पर हुन्छ । 

समुदायको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि राजनीतिदलहरुले कानुन र बजेटको व्यवस्था समयमा गर्नुपर्ने हुन्छ । राजनीति संस्कारले समुदायलाई समृद्धि ल्याउन कोसिश गर्दछ । समुदायले राजनीतिककालागि चाहेका प्रतिनिधिहरु आफनो क्षेत्रबाट चुनेर पठाउँने कार्य गर्दछ । राजनीतिक दलहरुले संसदमा प्रतिनिधिको आधारमा जनतालाई सुहाउँदो कानुन बनाउने कार्य गर्नेछन् । त्यसैले होला राजनीतिज्ञहरु आफनो समुदायमा जनताप्रति उत्तरदायित्व हुने भएकाले हरसमय संचेत हुन्छन् । 

संक्षेप्तमा भन्नुपर्दा, राजनीति भनेको समुदायकै हित र कल्याणका लागि उत्पन भएको राज्यसत्ता हो र सघै जनताको प्रतिनिधित्व गर्ने काम गर्नुपर्द छ । स्वस्थ समुदाय निमार्णका लागि परिपक्व र उत्तरदायीत्वको भूमिका हुन अति आवश्यक छ । वर्तमान नेपालको प्रस्थितिमा राजनीतिको स्वरुप बहुदलीय प्रणाली समेतको संसदीय गणतन्त्रको रुपरेखाभित्र कार्यगर्ने व्यवस्था बनेकोछ र यसका साथै कार्यकारी भूमिका र शक्ति सरकार प्रमुख प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले लिएको हुन्छ । जबकि व्यवस्थापिकाको अधिकार संसदमा निहित रहेको हुन्छ । 

संघीय संसदमा प्रतिनिधि गर्ने सबैपार्टीहरुले जनतालाई सुहाउँदो कानुन निमार्ण गरी सो अनुसार कार्यान्वयन गरेमा सही मूल्याकन रुथानीय जनताबाट हुनेछ । पाँच बर्षकालागि जनताले आफुले चाहेको प्रतिनिधि चुनेर पठाएकोले सो व्यतिmले जनताको प्रतिनिधिभई जनता प्रति उत्तरदायि बन्नु पर्दछ । राजनीति र समुदाय बीचको सम्बन्ध नड।मासु जस्तै सम्बन्ध भएकोले एकपछि अर्को बिना बस्नसक्द छ । जनताले चाहेको जस्तो सरकार तथा संसदले गरि दिएनभन्ने अर्को पटक त्यो राजनीतिदललाई जडैदेखि उखाल्ने काम पनि स्थानीय जनताले गर्नेछ । 

४. समुदाय विकासमा राजनीतिकदलको भूमिका 

समुदाय विकासमा राजनीतिक दलहरुको भूमिकाको व्याख्या गर्ने हो भन्ने जस्तै नीति निमार्ण, स्रोत परिचालन र सामाजिक रुपान्तरणको सकारात्मक दिशातीर डो¥याउने जिम्मेवारी बोकेको हुन्छ । सधै समुदायको हित, अधिकार र आवश्यकताहरुको परिपूर्ति गर्नका लागि समय अनुसारको योजना तर्जुमा र सुहाउँदो कानुन निमार्ण गर्न राजनीतिकदलको आवश्यकता चाहिन्छ । समुदायलाई हरसमय चाहिने बाटोघाटो, खानेपानी, शिक्षा, शान्ती, सुरक्षा र स्वास्थ्यको विकास हो सोको लागि आधारभूत भौतिकपूर्वाधारको निमार्ण र विस्तार गर्नमा राजनीतिकदलको महत्वपूर्ण नेतृत्व चाहिन्छ । जनतालाई उनीहरुको अधिकार र कर्तव्य प्रति सचेत बनाउन राजनीतिदलको प्रमुख जिम्मेवारी हो । 

सामाजमा भएका कुरीति हँटाउन, जनचेतना र अधिकारका कुराहरुको अभिवृद्धि गराउन राजनीतिको मुख्य कर्तव्य हुन्छ । अर्को स्थानीय स्तरमा उपलब्ध भएका श्रम, सीप र साधनको उचित सदुपयोग गर्दै आर्थिक विकासको गतिविधि अगाडी बढाउन स्रोतको परिचालन गरी नयाँ प्रविघि अनुसार समयमा विकास गर्नु अति आवश्यक छ । राष्ट्रिय वा सामुदायिक हितभन्दा दलीय स्वार्थमा लागि स्थानीय जनताको आवश्यकता लाई बिर्सीदिएमा स्थानीय जनता उतm राजनीतिकदलको इमेज बिग्राने गरिदिन्छ । विकास निमार्ण र कुशल प्रशासन सञ्चादन गर्न र कार्यान्वयन गर्ने बिषयमा हस्तक्षेप नगरी पारदर्शिता हुनेमा कमजोर भएर जाने संभावना बढी हुन्छ । राजनीतिक दलहरुको उपस्थिति हरसमय समुदायमा हुनु अति आवश्यकछ । 

धेरै जसो राजनीतिक दलहरुले चुनावका बेला स्थानीय समुदायलाई ठूला आश्वासन दिएको हुन्छ चुनावको माहोल सिद्धिय पश्चात त्यो क्षेत्रमा जान छोडने नेताहरुलाई अर्को समयको चुनावमा के मुख लगेर त्यसक्षत्रमा कसरी जान्छन् । राजनीतिकदलहरुले आफनो स्वार्थ त्यागेर जनताकोलागि माथिउठेर काम गर्नुपर्ने छ । यसका साथै राजनीतिकदलहरुले जनताको माझँमा पारदर्शी र बढी उत्तरदायीत्व बन्ने कार्य गर्नु पर्ने देखिन्छ । समुदायको विकास, सुधार र दिगो बनाउँनु विभिन्न नीतिनियम निमार्ण गरी अगाडी बढनु पर्ने हुन्छ । समाज, राजनीति र विकास एक अर्काका परिपूरक हुन भन्ने कुरा ठिक रहेछ । समाजको सकारात्मक तथा नकारात्मक परिर्वतनमा राजनीतिको ठूलो भूमिका हुन्छ । त्येसैले सबैले भने गरेकाछन् समुदाय विकासमा राजनीतिकदलको महत्वपूर्ण भूमिका हुन्छ ।

५. राष्ट्रिय स्वतन्त्र पार्टीको जनताप्रतिको भूमिका

स्थानीय जनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको मुख्य भूमिकामा पारदर्शिता कायम राख्ने, देशमा सुशासनको स्थापना गर्ने तथा जनताप्रतिको प्रत्येक्ष जवाफदेहिता र उत्तरादायित्वताको हिस्सा बढी प्रयोग गर्ने छौभनि नेपाली जनतासँग सर्थ गरेको थियो । नेपाली जनताको विश्वासमा रास्वपाले २०७९मा यस दलकोजन्म भएको थियो । त्यसै विश्वासमा पूराना दलहरुको प्रतिस्पर्दाको मैदानमा निस्केको थियो र एक नम्बरमा पुगाई दिएको थियो । नेपाली जनताको प्रतिवद्धताले यो राजनीतिकदल अगाडी नेपालीले बढाएको थियो । 

यसका साथै निर्वाचन पश्चात युवाहरुको नेतृत्वमा सरकार गठन गरिने छ । सरकारको प्रमुख पदमा युवाहरुको नियुतिm दिने शर्त पनि राखिएको थियो । त्यसैले होला रास्वपाले चार मुद्दाहरुको उठाई पनि त्यसैको आधारमा आगे बढने बिचार गरेको थियो । साथै सबै राजनीतिकदलहरुको पूर्व संस्कार र शैलीको गहिरो अध्ययन गरी मात्र अगाडी बढने बिचार राखेको थियो । सो कुराको अध्ययन प्रश्चात आफुले काम गर्ने शैलीमा सुधार ल्याईनेछु भनि केही प्रतिबद्ध भएको थियो । रास्वपाले पहिले चारवटा मुद्दाहरुमा सफलता लिने गरि अगाडी बढको थियो । 

ती चारवटा मुद्दाहरुमा नम्बर १० को मुद्दामा सुशासन, पारदर्शिताको बिषयमा भ्रष्टाचारको खुलेर विरोध गर्ने र सरकारी कामकाजमा पारदर्शिता कायम राख्ने वातावरर्णको सिर्जना गर्ने । साथै नेपाली जनताप्रतिको उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राखी जुनसुकै कार्यलाई अगाडी बढाउने जिम्मा लिईनको छ, २० मुद्दामा जनतासँग प्रत्येक्ष रुपमा संवाद गर्ने र विभिन्न बिषयमा नेपाली जनताहरुसँग हातेमालोगरी अगाडी बढीइने छ । साथै नयाँ नीति नियमको निमार्ण गरी नेपाली जनताकोलागि फाइदाहुने गरी कार्यमा अगाडी बढने काम गर्ने छ । 

देशमा कुशल नेतृत्वको विकास गरी नियमित रुपमा सबैलाई सक्रिय बनाई कार्यक्रम सञ्चालन गरिने छ र जनताका समस्याहरु समयमा हल गर्नेका साथै नेपाली जनताका गुनासाहरु सुन्ने वा त्यसको समाधान छिटै गर्ने बाँचा गरिएको थियो, ३० मुद्दामा नयाँ कुशल राजनीतिकको संस्कार स्थापना गरि पुराना दलहरुको जस्ता गर्ने छैन् र उही पुरानो गरेको शैलीको नकल नगर्ने तथा आधुनिक विकासको अवधारणाले अगाडी बढीने छ भनि अगाडी बढेको थियो । स्थानीय विकासको काममा छिटो छरितो र दिगोमा आधारित विकास कार्यक्रमहरुलाई छिटै कार्यान्वयनमा ल्याउने वातावरणको सिर्जना गरिने छ । 

नेपाली जनताकालागि परिमाणमुखी कामको स्थाप्ना गरिने छ । युवाहरुको हातमा सरकारको नेतृत्व दिइने छ । यो हाम्रो पहिलो प्राथमिकतामा रहने छ । युवाहरुको नेतृत्वलाई बढी अवसरवादी बनाइ कार्यक्रम अगाडी बढिने छ भनि प्रतिवद्धता नेपाली जनतासँग गरिएको इतिहास छ, ४० मुद्दाको बिषयमा नेपाली जनताको अधिकार र सार्वभौमिकताको रक्षामा सधै निहित रहिने छ । राष्ट्रिय सार्वभौमिकताको सम्मान गरिने छ । नेपाली जनताको हकहित तथा मौलिक अधिकारको संरक्षणकालागि सधै संसद र बाहिर दुईटैमा आवाज उठाउँने बाँचा गरिएको थियो । 

यसै सिलसिलामा नेपाली जनतासँग गरेको प्रतिवद्धतामा हामी सधै जनताको हितैषी भई अगाडी बढीनेछौ भनिएको थियो । त्यसै सिलसिलमा रास्वपा दलकोे जन्म भएको हो । माथि उल्लेखित चार मुद्दाहरुको आधारमा नेपाली जनताले ठूलो बहुमत दीई सर्बोच्च पदमा पुगाएको छ । यो जनताको हितैषि दलको रुपमा चिनिएको छ । २०८३ सालमा आएर रास्वपालाई नेपाली जनताले १५८ जना केन्द्रिय सदस्य र १८२ जना सासद ९सभासद०को जनप्रतिनिधि बनाई सघिय संसदमा जिताएर पठाएको छ । अब त्यस दललाई केको कमि भयो र कसले काम गर्न रोकेको छ, ती कुरा नेपाली जनतासँग भनेमा नेपाली जनताले अरु के चाहेको छ रास्वपालाई ठूलो साथ दिनेछ । 

बिच बिचमा नआतिकन आफुले कोरेका मुद्दाहरुमा योजना तर्जुमागरी अगाडी बढनु पर्ने देखिन्छ । त्यसकालागि एक पाँच बर्षकोलागि गुरुयोजना तयार गर्ने सोको आधारमा रही बार्षिक योजना तर्जुमा बनाई आधुनिक विकासमा अगाडी बढनु पर्ने सुझाव नेपाली जनताको छ । यही २०८३ भाद्र १० गते घटेको घटनामा भोटेकोशीमा आएको बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, चितवन, गोरखा, नवलपरासी र अन्य जिल्लाहरुमा धनजनको क्षती गरेको सबैलाई अबगतनै छ । सो समय राहतमा खटिएका सोपार्टीका  युवाहरुको सरकारले लिएको नेतृत्वले नेपाली जनता अतिनै खुशीनै छन् । साथै सर्वदलिय दलको एकताले पनि नेपालमा राहत र उद्धार कार्य प्रभावित भएको देखिन्छ । 

यस काममा प्रमुख भूमिकामा रास्वपाको तर्फबाट भएकोले पार्टी तथा सरकार आआफनो तर्फबाट लागि परेकोले रास्वापादल र समुदाय बिचको सम्बन्ध अतिनै लियो र महत्वपूर्ण देखिएको छ । विश्वका राष्ट्रहरुको सहयोग र सान्तोवनाले नेपाली सरकारको भूमिका अति राम्रो भएको छ । सुरक्षाकर्मीको योगदान पनि महत्वपूर्ण रहेको छ । यसका साथै सरकारी, अर्धसरकारी, स्थानीय निकाय, गैरसरकारी संधसंस्थाहरु, बित्तिय तथा बैक संस्थाहरु, बिदेशका सामाजिक सेवाकर्ताको उपस्थिति, नागरिक समाज, सामाजिक अभियन्ता, समाजसेवी र विभिन्न प्रकारका कल्बहरुको योगदान र नेपालल सरकार तथा नेपाली जनतालाई गरेको सहयोग प्रशसनिय छ ।

नेपाली जनताले देशमा सबभन्दा ठूलो राजनीतिदलको रुपमा रास्वपालाई उभ्याएको छ र योनै नेपाली जनताको ठूलो साथहो । रास्वपाको कार्यकारी पदमा ३४० जनाहरु चुनेर पठाएको छ सो अनुसार रास्वपाले कार्यक्रम अगाडी बढाउनु पर्दछ । यस समयमा नेपाली जनताले १८२ जनाको प्रतिनिधिलाई संघिय संसदनमा बहुमत दिई सरकारको माथिलो श्रेणीमा पुगाएको छ । 

अब रास्वपा नमातिकन जनताको चाहना अनुसार नयाँ नेपाल बनाउनु अगाडी बढनु पर्दछ भन्ने नेपाली जनताले आशा लिएका छन् । नेपाली जनताले नेपालको ताँल्चासाँचो रास्वपालाई बुझाएको छ । त्यसको अभिभारा समयमा अनुसार निभाउँन पर्दछ । रास्वपाले सही हिसाबले कार्यकारी पदको परिचालन गर्ने हो भने केही समयमा देशको मुहार परिवर्तन गर्न सकिन्छ । रास्वपा सँग १५८ जना केन्द्रिय सदस्यहरु छन् । सो अनुसार नेपालमा काम गर्ने ठाँउ भनेको ७७ जिल्लाहरु मात्र छन् । ति सबैको जिम्मा केन्द्र सदस्यहरुलाई दिई काममा खटाउने हो भने गाउँघरको विकास छिटै परिवर्तन गर्न सकिन्छ । १८२ सासदहरुको जिम्मेवारीमा गाउँघरबाट आएका समस्याहरुकोलागि नयाँ कानुन वा नीति नियम निमार्ण गर्नु पर्ने देखिन्छ । त्यसपछि मात्र गाउँघरमा समस्या कम खेखिन्छन् र छिटै समस्याको हल छिटै भएर जानेछन् । 

यही नै हो नेपाली जनताका ेलागि हितैषी परिवर्तन र घरदैलोमा सुशासनको व्यवस्था गरिने विधि । अब रास्वपाले नेपाली समुदायमा नयाँ कुँराको स्थापना गरेको हुन पर्नेछ । नेपाली जनताको चाहना अनुसारकोे विकास स्थानीय समुदायमा लागु पर्ने हुन्छ । सुशासनको निमूर्लको लागि सरकारले नयाँ प्रविधिको विकास गर्नु पर्नेछ वा मोबाई कोलागि एप्प तयार गरी सबै मोबाईमा आउनेगरि अगाडी बढाउनु पर्दछ र सोको आधारमा नियन्त्रणर् पनि गर्न सकिन्छ । तब मात्र रास्वपाको दलले सुशासनलाई स्थानीय जनताको लागि स्थापना भई निमूर्ल गर्न सकिन्छ । 

अर्को नेपाली जनताको लागि तुरन्त गर्नुपर्ने काममा बेरोजगारीलाई अन्त्यगरि सबै बेरोजगार नेपाली युवाहरुलाई स्वरोजगार बनाउनु पर्नेछ । सोकोलागि नयाँ प्रविधिको विकास गरी बेरोजगारको अन्त्य गर्नुपर्ने छ । यसका लागि नेपालमा भएका नाङ्गा डाडाँकाडाँहरुमा हरिकक्रान्ती आधुनिक कृषिको विकास गर्नु पर्ने हुन्छ र बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन सकिन्छ । नेपाली जनताले तत्काल चाहेको समाजमा महिलाहरुको सुरक्षा र बेरोजगारको अन्त्य हो । तर हिजोआज बालबालिकाको बलात्कार अति निकै भएको सुन्निछ, जुनमा धैर बालिकाको मृत्यु समेत भएको पाईन्छ । अभियुतmकालागि कडा भन्दा कडा नियमनभएका कारणले यो घटना दिन प्रति दिन बढदै गएको छ । 

कडा भन्दा कडा कानुन निमार्ण गरी सो व्यतिmलाई सजाए दिएमा यस घटनालाई रोक्न सकिन्छ । अर्को भन्ने हो भने विभिन्न कारणले पीडित भइ विभिन्न व्यतिmहरुले आत्महत्या गरेको घटना पनि दिन प्रति दिन बढदै गईरहेको छ । त्यसकालागि आत्महत्या रोकथाम र बलात्कारको अन्त्यकालागि एक परिषद गठन गर्नु पर्ने हुन्छ जसको नाम “आत्महत्या रोकथाम तथा बलात्कारअन्त्य परिषद” को स्थापना गरी अगाडी बढनु पर्ने हुन्छ । साथै सो परिषदको माध्यमले कडा भन्दा कडा कानुनको निमार्ण गरी सोको कार्यान्वयन छिटै गर्नुपर्ने हुन्छ । 

यदि रास्वपाले आफनो ब्रान्डीङ्गको स्थापना गर्ने चाहन्छ भने रास्वपाले नयाँ काम गरेर देखाउन पर्दछ । उल्लेखित कामको शुरुवात गरेमा मात्र छिटै आफनो पहिचान नेपाली जनतामा देखाउन पर्ने हुन्छ । रास्वपाले देशमा भएका सबै बिषका विज्ञहरुको सूची तयार गरी उनीहरुको भेला तथा बैठक गरी सरसल्लाह तथा सुझाव लिनु पर्ने देखिन्छ । रास्वपाले कुनै पनि कार्य शुरु गर्नभन्दा पहिले त्यसक्षेत्रको अनुसन्धान गर्नु भन्दा पहिले त्यसपछि मात्र कामको सञ्चालनमा सफलता पाइनेछ । (लेखक सिंह समाजशास्त्र तथा सुशासन विज्ञकासाथै हार्ट कलब नेपाल ललितपुर जिल्लाका सभापति हुन्)

आइतबार, ०४ असोज २०८३, १४ : ५२

प्रतिक्रिया