ट्रायम्फको चावहिल–बौद्धमा नयाँ शोरुम, एकै साता देशभर चारवटा ३एस केन्द्र विस्तार

सोमबार, ०५ असोज २०८३, १५ : ३१

काठमाडौं- विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौं उपत्यकामा आफ्नो उपस्थिति थप विस्तार गर्दै चावहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुम सञ्चालनमा आएसँगै चावहिल, बौद्ध तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीले ट्रायम्फका मोटरसाइकल खरिद तथा सेवाको सुविधा सहज रूपमा पाउने भएका छन्।

चावहिल–बौद्ध सडकमा सञ्चालनमा आएको उक्त शोरुम ट्रायम्फ नेपालको आधिकारिक विक्रेता जेन पाल गियर्सले सञ्चालनमा ल्याएको हो। पूर्ण ३एस सुविधासहितको शोरुममा बिक्री, मर्मतसम्भार तथा मौलिक स्पेयर पार्ट्ससम्बन्धी सेवा एउटै स्थानबाट उपलब्ध हुनेछ।

ग्राहकले शोरुममा ट्रायम्फका विभिन्न मोटरसाइकल अवलोकन तथा खरिद गर्न सक्नेछन् भने दक्ष प्राविधिकबाट आधिकारिक मर्मतसम्भार सेवा र मौलिक स्पेयर पार्ट्ससमेत प्राप्त गर्न सक्नेछन्। यसले काठमाडौं उपत्यकाका ग्राहकलाई बिक्रीपछिको सेवा तथा मर्मतका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने कम्पनीको भनाइ छ।

चावहिल–बौद्ध शोरुमको सुरुवातसँगै ट्रायम्फ नेपालले एकै साताभित्र देशभर चारवटा नयाँ पूर्ण ३एस शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार यस अवधिमा ट्रायम्फ धनगढी, ट्रायम्फ दाङ, ट्रायम्फ हेटौँडा र ट्रायम्फ चावहिल–बौद्ध गरी चारवटा शोरुम विस्तार गरिएको हो।

मध्य–प्रिमियम मोटरसाइकल बजारमा एकै सातामा चारवटा पूर्ण सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याउनुलाई कम्पनीले आफ्नो व्यवसायिक विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। सुदूरपश्चिमदेखि मध्य नेपाल हुँदै काठमाडौं उपत्यकासम्म गरिएको यो विस्तारले ट्रायम्फका ग्राहकलाई बिक्रीसँगै आधिकारिक मर्मतसम्भार र मौलिक स्पेयर पार्ट्सको पहुँच बढाउने अपेक्षा गरिएको छ।

ट्रायम्फ नेपालका व्यवस्थापक सागर थापाले चावहिल–बौद्ध शोरुमको उद्घाटन काठमाडौं उपत्यकाका राइडरका लागि महत्वपूर्ण थप भएको बताए। उनका अनुसार एक साताभित्र चारवटा पूर्ण ३एस शोरुम थपिनुले देशभर ट्रायम्फको ग्राहक समुदाय विस्तार भइरहेको संकेत गर्छ।

“हाम्रो मुख्य लक्ष्य जहाँ विस्तार भए पनि राइडरहरूले एउटै छानामुनि मोटरसाइकलसँगै व्यावसायिक सेवा र मौलिक स्पेयर पार्ट्स सहज रूपमा पाउन सकून् भन्ने हो,” थापाले भने।

नयाँ शोरुम विस्तारसँगै ट्रायम्फले विभिन्न क्षेत्रमा आफ्नो सेवा सञ्जाल थप मजबुत बनाएको छ। ट्रायम्फ धनगढीले सुदूरपश्चिम, ट्रायम्फ दाङले लुम्बिनी प्रदेश, ट्रायम्फ हेटौँडाले मुख्य राजमार्ग क्षेत्र र चावहिल–बौद्ध शोरुमले काठमाडौं उपत्यकामा सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।

ट्रायम्फ चावहिल–बौद्धका रोहन शाहीले नयाँ शोरुमले यस क्षेत्रका राइडरलाई ट्रायम्फको सेवा लिन थप सहज बनाएको बताए। आधिकारिक विक्रेता साझेदारका रूपमा बिक्री, मर्मतसम्भार र मौलिक स्पेयर पार्ट्समा भरपर्दो सेवा दिने लक्ष्य रहेको उनले बताए।

शाहीका अनुसार शोरुमलाई मोटरसाइकल बिक्री तथा सेवाको केन्द्रसँगै राइडर तथा मोटरसाइकलप्रेमीबीच भेटघाट र अन्तरक्रिया गर्ने थलोका रूपमा समेत विकास गर्ने योजना छ।

एकै सातामा चारवटा नयाँ ३एस शोरुम थपिएसँगै ट्रायम्फ नेपालले आफ्नो व्यवसायिक विस्तारलाई थप तीव्र बनाएको छ। कम्पनीका अनुसार यस विस्तारले देशभर ग्राहकलाई ट्रायम्फका मोटरसाइकल तथा बिक्रीपछिको आधिकारिक सेवामा सहज पहुँच उपलब्ध गराउनेछ।

सोमबार, ०५ असोज २०८३, १५ : ३१

प्रतिक्रिया