काठमाडौं - दशैं तिहार जस्ता प्रमुख चाडलाई लक्षित गरेर सरकारले ४२ जिल्लाका ६१ स्थानमा सुपथ कूल्इ पसल सञ्चालनमा ल्याएको छ । उक्त कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धी सारांश सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो ।
उपलब्धि सारांशको बुँदा नम्बर ५ मा आर्थिक सुधार, व्यापार तथा लगानीसम्बन्धी विषय छ ।
यसको पनि उद्योग, आपूर्ति तथा लगानी शिर्षक अन्तर्गत भनिएको छ, ‘चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन गरिएको छ ।’
प्रतिक्रिया