जगदम्बा मोटर्सले नेपालमा ल्यायो नयाँ TVS राइडर १२५ सिंगल सीट, मूल्य २ लाख ७९ हजार ९००

सोमबार, १९ असोज २०८३, १४ : ३३

काठमाडौं- जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ TVS Raider 125 Single Seat सार्वजनिक गरेको छ। TVS Motor Company को नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार नयाँ भेरियन्टसँगै नेपालमा TVS Raider को पोर्टफोलियो थप विस्तार भएको छ। रु. २ लाख ७९ हजार ९०० मूल्य तोकिएको यो मोटरसाइकल स्पोर्टी डिजाइनसँगै थप आरामदायी र व्यावहारिक एकल सिट संरचनामा प्रस्तुत गरिएको हो।

नयाँ सिट संरचनाले चालक र पछाडि बस्ने यात्रु दुवैका लागि फराकिलो र सहज बसाइको सुविधा दिने कम्पनीको दाबी छ। दैनिक आवतजावत, लामो दूरीको यात्रा तथा दुई जनासहितको यात्रालाई ध्यानमा राखेर नयाँ भेरियन्ट तयार गरिएको जनाइएको छ।

नयाँ Raider 125 Single Seat मा १२४.८ सीसी इन्जिन, ५–स्पिड गियरबक्स, रिभर्स एलसीडी डिजिटल डिस्प्ले, एलईडी बत्ती, मोनोशक सस्पेन्सन र यूएसबी चार्जिङलगायतका सुविधा छन्। मोटरसाइकलले Raider को स्पोर्टी डिजाइन र पहिचानलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवालले Raider ले आकर्षक डिजाइन, प्रदर्शन र प्रविधिमार्फत युवा राइडरमाझ आफ्नो पहिचान बनाएको बताउँदै नयाँ सिंगल सिट भेरियन्टमार्फत थप आराम र दैनिक प्रयोगको सहजता प्रदान गर्न खोजिएको बताइन्।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नयाँ पुस्ताका राइडरले आकर्षक डिजाइनसँगै राम्रो प्रदर्शन र दैनिक जीवनमा सहज रूपमा प्रयोग गर्न सकिने मोटरसाइकल खोज्ने गरेको बताए। नयाँ मोडलले यी पक्षलाई समेटेको उनको भनाइ छ।

भृकुटीमण्डपमा आयोजित सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, सामग्री निर्माता तथा प्रभावशाली व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ मोटरसाइकलको डिजाइन, सुविधा र समग्र स्वरूपको अवलोकन गरेका थिए।

कम्पनीका अनुसार नयाँ TVS Raider 125 Single Seat नेपालभरका आधिकारिक TVS बिक्री केन्द्रमार्फत उपलब्ध हुनेछ।

सोमबार, १९ असोज २०८३, १४ : ३३

प्रतिक्रिया