सात दिनभित्र कार्यालय नफर्किए १४ प्रहरीको जागिर जाने (सूचीसहित)

विहीबार, १० मंसिर २०८३, १३ : ५४

काठमाडौं- लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरीले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीहरूलाई यस्तो निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले मंसिर १० गते सूचना प्रकाशित गरेको हो ।

प्रहरीका अनुसार सम्बन्धित कर्मचारीहरू लामो समयदेखि आफू कार्यरत कार्यालयमा गैरहाजिर रहेका छन् । पटकपटक खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि प्रहरी नियमावली, २०७१ अनुसार प्रक्रिया पूरा गरी सार्वजनिक सूचना जारी गरिएको हो ।

सूचनामा बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै चित्तबुझ्दो स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ ।

तोकिएको समयभित्र हाजिर नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने प्रहरीले चेतावनी दिएको छ ।

सूचनामा प्रहरी जवानदेखि प्रहरी निरीक्षक तहसम्मका कर्मचारीहरू समेटिएका छन् । उनीहरू विभिन्न प्रहरी कार्यालय, गण तथा सुरक्षा निकायमा कार्यरत रहेको उल्लेख छ ।

विहीबार, १० मंसिर २०८३, १३ : ५४

प्रतिक्रिया