नेपाल टेलिकमले गर्यो यस्तो प्रगति , डाटा सेवाका प्रयोगकर्ता नै एक करोड

५ बर्ष अगाडि

    काठमाडौं–नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो अर्थात २०७४ चैत महिनाको एमआईएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन् । 
    सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता छन् । 
    २०७४ असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्य सम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको छ ।  यस अनुसार २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।  
    रिपोर्ट अनुसार २०७४ चैत मसान्त सम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो २०७४ फागुनको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमको फोरजी डाटा प्रयोगकर्ता ५ लाख ४७ हजार ५ सय ८ छन् । यस अनुसार समग्र फोरजी डाटा प्रयोगकर्ता मध्ये ३८.५८ प्रतिशत नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता छन् । 
    गत २०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार १ करोड ९३ लाख २२ हजार ८ सय ५५ रहेको छ । यसअनुसार जीएसएम मोबाइल सेवाका ग्राहक १ करोड ६९ लाख ४४ हजार ५ सय ३९, सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३ सय ५१ तथा पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ८९ हजार ३ सय ७३ रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया